Comments Add Comment

लम्जुङ

List Grid
लम्जुङमा घर जल्दा दम्पतीको मृत्यु

१५ भदौ, लम्जुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै […]

लम्जुङको दोर्दीमा तुइन चुँडिएर एक महिला बेपत्ता

२० साउन, काठमाडौं । लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् । दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् । उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । ‘दुईवटा प्रहरी चौकीबाट खोजी टोली परिचालित भएको छ, तर […]

कास्की, नवलपरासी र लम्जुङमा खतराको तहसम्म पुग्यो बाढी

२६ असार, काठमाडौं । कास्कीको पोखरा, नवलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ । जोखिम बढेपछि सतर्कताको घण्टी बजाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सात बजे दिएको जानकारीअनुसार प्रदेश २, ५ र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ […]

लम्जुङमा पहिरोमा पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

२६ असार, काठमाडौं । लम्जुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–७ सातबीसेमा पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २५ वर्षीया बिमाया तामाङ र ९ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लम्जुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए । बिहीबार राति करिब ११ बजेको समयमा घरमाथिबाट […]

लमजुङमा पहिरोले धन्सार भत्किँदा ६ जना घाइते   

५ असार, लमजुङ । बेंसीसहर नगरपालिका–११ चितीका एक बासिन्दाको धन्सार पहिरोबाट भत्किँदा ६ जना घाइते भएका छन् । बिहीबार साँझ अविरल परेको वर्षाले जुद्धबहादुर थापाको धन्सारमाथिबाट पहिरो खसेर मानिस घाइते भएको प्रहरीले जनाएको छ । जुद्धबहादुरसहित उनकी श्रीमती किरण तथा धन्सारमा बस्दै आएका लुकबहादुर गुरुङ, अमृत गुरुङ, सरस्वती गुरुङ र सुशीला गुरुङ घाइते भएका छन् […]