Comments Add Comment

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप

List Grid
एपीएफकी सीता बनिन् ललितपुर मेयर वुमन्स च्याम्पियनसिपको उत्कृष्ट खेलाडी

२८ चैत, काठमाडौं । एपीएफ क्लबकी कप्तान सीता राना मगर पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेटको उत्कृष्ट खेलाडी बनेकी छन् । प्रतियोगितामा शनिबार एपीएफले सुदूरपश्चिमलाई ८ विकेटले हराउँदै उपाधि जित्दा सीताले नेतृत्वदायी भूमिका निर्वाह गरिन् । सीताले प्रतियोगितामा पाँच खेल खेल्दै ब्याटिङमा १२३ रन बनाउनुका साथै बलिङमा ५ विकेट लिइन् । उनी सर्वाधिक […]

ललितपुर वुमन्स च्याम्पियनसिप क्रिकेट : एपीएफ एक खेल अगावै फाइनलमा

२४ चैत, काठमाडौं । विभागीय टोली एपीएफ क्लब ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्दै फाइनल पुगेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मंगलबार भएको खेलमा ललितपुर मेयर्स–११ लाई १० विकेटले पराजित गर्दै एपीएफ एक खेल अगावै फाइनल पुगेको हो । लगातार तीन खेल जित्दै एपीएफले ६ अंक जोडेको छ […]

मेयर वुमन्स च्याम्पियनसिपमा ललितपुर मेयर्स-११ विजयी

२२ चैत, काठमाडौं । ललितपुर मेयर्स-११ ले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेटमा पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा ललितपुरले लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । […]

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेटमा सुदूरपश्चिमको विजयी शुरुवात

२१ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिमले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । टीयू क्रिकेट मैदानमा ललितपुर मेयर्सले दिएको १०८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमलाई जित दिलाउन […]

ललितपुर मेयर क्रिकेट : एपीएफले प्रदेश १ लाई हरायाे

२१ चैत काठमाडौं । सीता राना मगरको अर्धशतक मद्दतमा विभागीय टोली एपीएफले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेटमा प्रदेश १ लाई ८ विकेटले पराजित गरेको छ । शनिबारदेखि शुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा सहज जितपछि एपीएफले गत पुसमा भएको प्रधानमन्त्री कप फाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा एपीएफले […]