Comments Add Comment

लाप्राक

List Grid
लाप्राकवासीलाई गोलाप्रथाबाट घडेरी, घरको डिजाइन परिवर्तन

२१ फागुन, गोरखा । धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुब्सिपाखामा बन्दै गरेको एकीकृत नमूना वस्तीको घडेरी छनोटका लागि स्थानीयबासीलाई गोलाप्रथा गराइएको छ । आइतवार एनआरएनका अध्यक्ष भुवन भट्टको उपस्थितिमा गोलाप्रथा गरिएको हो । ‘निर्माण भइरहेको नमूना वस्तीलाई १६ वटा ब्लकमा बिभाजन गरेर ‘ए’देखि ‘टी’सम्म नम्वरिङ्ग ग¥यौं,’ एनआरएनका दिपेश सिंले भने, ‘अनि चिठ्ठा थुताएर त्यही नम्वरको आधारमा स्थानीयलाई […]

यसरी ठडिँदैछन् लाप्राकमा भूकम्पपीडितका लागि घरहरु

२२ साउन, गोरखा । बैशाख १२, २०७२ को विनासकारी भूकम्पलाई यतिबेला धेरैले बिर्सिसकेका छन् । दुई बर्षभित्र पुनःनिर्माण सक्छु भन्ने सरकार, अर्बौं डलरको प्रतिबद्धता जनाउने दातृ निकाय र राजनीतिक दलका प्रतिबद्धता तीन वटा बर्खा पालभित्र बिताएका जनताका लागि कठोर ब्यङग्य सावित भएका छन् । बैशाख १२ को भूकम्पको केन्द्रविन्दुनजिकै रहेको उत्तरी गोर्खाको विकट हिमाली गाउँ […]

लाप्राकमा दुई हप्ता बस्दा मैले जे देखेँ

२०७२ वैशाख १२ गते गएको भूकम्पको केन्द्र विन्दु नजिकै हो, गोर्खा जिल्लाको लाप्राक । झण्डै ६ सय घरपरिवार रहेको लाप्राकमा नमूना वस्ती बनाउन गैरआवासीय नेपाली संघले अनुमति पाएको झण्डै ६ महिनापछि यसपटक त्यहीँ पुगेर मैले निर्माण कार्यमा सहभागी हुने मौका पाएँ । हुनत भूकम्प पीडितलाई प्रारम्भिक राहत बाँडे लगत्तै दुई वर्ष अगाडि नै पिडीतका लागि […]

लाप्राकमा नमूना बस्ती बनाउन एनआरएनएले पायो स्वीकृति

६ मंसिर, काठमाडौं । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बाटो खोलिदिएको छ । यसअघि सरकारले दिएको अनुमतिमा एनआरएनले ‘कार्यबिधिअनुसार’ बस्ती निर्माण गर्नुपर्ने सर्त राखेको थियो । जसको अर्थ लाभग्राहीकै हातमा सरकारले तोकेको तीन लाख रुपैयाँ हस्तान्तरण गर्नुपर्ने थियो । तर, लाप्राकका स्थानीय बासिन्दाले गैरआवासीय नेपाली संघले […]

प्रधानमन्त्रीद्धारा लाप्राक एकीकृत नमुना बस्तीको शिलान्यास, १२ महिनाभित्र घर बनिसक्ने

२१ असोज, काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निमार्ण गर्न लागेको गोर्खाको लाप्राकस्थित एकीकृत नमुना वस्तीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गरेका छन् । शुक्रबार बिहान लाप्राक पुगेका प्रधानमन्त्री प्रचण्डले ६ सय १२ घरसहितको नमुना वस्तीको शिलन्यास गरे । सो अबसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र प्रधानमन्त्री प्रचण्डले एनआरएनले बनाएको बस्ती विकाश […]

नमूना वस्तीको गुरुयोजना जेठ १२भित्र पेश गर्न एनआरएनएलाई आग्रह

२० वैशाख, काठमाडौं । गोरखाको लाप्राकमा नमूना वस्ती विकासको गुरुयोजना जेठ १२ गतेभित्र तयार गर्न सरकारले गैरआसीय नेपाली संघ (एनआरएनए) लाई अनुरोध गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाउन संघलाई अनुरोध गरेको हो । संघलाई पत्राचार गरी प्राधिकरणले त्रिपक्षीय सम्झौता भएको एक महिनाभित्र गुरु योजना स्वीकृत गराउन र […]

लाप्राकमा फर्किएको खुसी (फोटो फिचर)

१३ वैशाख, गोर्खा । वैशाख १२ को विनाशकारी भूकम्पको केन्द्र बनेको गोर्खाको लाप्राक अब एकीकृत नमूना बस्तीको केन्द्र बन्ने आशा जागेको छ । लाप्राकमा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण र नमूना बस्ती निर्माणका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन)बीच सम्झौता भएको छ । यस सम्झौताले दैनिकी कष्टकर भए पनि लाप्राकवासीको अनुहारमा हाँसो देखिन थालेको […]

लाप्राकवासीको जाग्यो आशा, छायो अनुहारमा मुस्कान

भूकम्पबाट अति प्रभावित गोरखाको लाप्राक बिस्तारै धुलो टक्टक्याएर उठ्न प्रयासरत छ । दैनिकी कष्टकर भए पनि मानिसहरुको अनुहारमा हाँसो देखिन थालेको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीदेखि एनआरएनका अध्यक्ष शेष घलेसम्मले लाप्राकमा पाइला टेके । एक वर्षसम्म पुनर्निमाणको पखाईमा बसेका लाप्राकवासीमा आजको चहलपहलले आशा जागेको छ । जाडो अगाडि नै बस्ति निर्माण गर्ने गरी एनआरएनले […]

लाप्राकलाई नमुना बस्ती बनाउन सरकार र एनआरएनबीच समझदारी

१२ बैशाख, लाप्राक । गत बर्षको महाभूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त गोर्खाको उत्तरी गाउँ लाप्राकलाई नयाँ स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन गैरआवासीय नेपाली संघ र सरकारबीच सम्झौता भएको छ । आइतबार लाप्राक गाउँमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार […]