Comments Add Comment

विराज महर्जन

List Grid
विराजले च्यासलबाट ए डिभिजन लिग खेल्ने

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । विराज मंगलबार च्यासलसँग अनुबन्धित भएका हुन् । ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि शुरु हुँदैछ । पछिल्लो सिजन विराजकै कप्तानीमा मछिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिग जितेको थियो […]

विराज अनुशासित खेलाडी र राम्रो लिडर हो : भरत खवास

१८ चैत, काठमाडौं । विराज महर्जनले सोमबार थ्री नेसन्स कपको फाइनल खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदा उनीसँगै डेब्यु गरेका भरत खवासले भने बेन्चबाटै खेल हेरे । विराज र भरतको अनौठो संयोग छ । यी दुई खेलाडी डेब्यु गर्दा रुममेट थिए, १३ वर्ष संगै अन्तर्राष्ट्रिय फुटबल खेल्दा पनि रुममेट नै रहे । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदा स्वदेशमा […]

मेरो जिन्दगीको एउटा अध्याय सकियो : विराज महर्जन

१७ चैत, काठमाडौं । नेपाली फुटबलका कप्तान विराज महर्जनले सोमबार थ्री नेसन्स कप फुटबल प्रतियोगितापछि सन्यास लिए । ३१ वर्षीय विराजले सोमबार बंगलादेशविरुद्धको फाइनल खेलमा अन्तिम मिनेटमा मैदान प्रवेश गर्दै नेपालका लागि ७३ क्याप जिते । नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेपछि उपाधिसहित विराजको विदाइलाई सुखद भयो । घरेलु मैदानमा उपाधि जित्दै सन्यास लिन पाउनु […]

दशरथ रंगशालामा उपाधि जित्दै सुखद बिदाइ, यस्तो रह्यो विराजको अन्तिम खेल

१७ चैत, काठमाडौं । खेल करिबर अन्त्यतिर थियो । नेपालले बंगलादेश विरुद्ध २-१ को अग्रता लिएको थियो र जित नजिक पुगेको थियो । यतिबेलासम्म नेपालले बंगलादेशसँग जित्दै त्रिदेशीय कपको उपाधि नजिक पुगेकाले नेपाली खेलाडी समर्थक सबै खुशी थिए । ८९औं मिनेटमा अर्को खुशी थपियो । नेपालकै सफल कप्तानको रुपमा रहेका विराज महर्जन त्रिदेव गुरुङलाई रिप्लेस […]

घरेलु मैदानमा विराजको सन्यास

१६ चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका डिफेन्डर विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । घरेलु मैदानमा भएको थ्री नेसन्स कप फुटबलको फाइनलपछि विराजले सन्यास लिएका हुन् । ३१ वर्षीय विराजले यो प्रतियोगितापछि सन्यास लिने यसअघि नै बताइसकेका थिए । उनी त्रिदेव गुरुङको स्थानमा ८९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । नेपाल र […]

त्रिदेशीय कपपछि विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

१० चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले आजदेखि सुरु हुने थ्री नेशन्स कप फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने भएका छन् । पछिल्लो समय राष्ट्रिय टिममा पर्न असफल भइरहेका विराजले घरेलु मैदान र दर्शकको अगाडि खेल्दै सन्यास घोषणा गर्न लागेका हुन् । उपाधि जितेको हिसाबले नेपालको सफल कप्तानको रुपमा विराजलाई लिइन्छ । उनकै […]

रिल र रियलका फुटबल ‘क्याप्टेन’ एकसाथ

शुक्रबार, चलचित्र ‘क्याप्टेन’को टिमले एक फरक माहोल तयार पार्यो । चलचित्रमा समावेश ‘कर्ली कर्ली’ बोलको गीत सार्वजनिक कार्यक्रममा फुटबल दुनियाँ हस्ती र चलचित्रको टिमविच अन्तरक्रिया भयो । यो चलचित्रले पनि फुटबलको कथालाई उठान गरेको छ । राष्ट्रिय फुटबल टिमका क्याप्टेन विराज महर्जनले चलचित्रको सफलताको शुभकामना दिए । उनले भने–‘यो हामी सबै खेलाडीको कथा हो भन्ने […]

कप्तान विराजले बनाए सर्वाधिक खेलको कीर्तिमान

२० भदौ, ढाका बंगलादेश । कप्तान विराज महर्जनले नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानसँगको खेलको ८४ औं मिनेटमा मैदानमा छिर्दै उनले ६९ क्याप जित्दै नेपाली फुटबलमा कीर्तिमान कायम गरेका हुन् । उनी दिनेश राजवंशीको स्थानमा मैदानमा छिरेका थिए । पाकिस्तानसँगकै खेलबाट विराजले राजुकाजी शाक्यले बनाएका […]

कप्तान विराजले बनाए सर्वाधिक खेलको कीर्तिमान

२० भदौ, ढाका बंगलादेश । कप्तान विराज महर्जनले नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानसँगको खेलको ८४ औं मिनेटमा मैदानमा छिर्दै उनले ६९ क्याप जित्दै नेपाली फुटबलमा कीर्तिमान कायम गरेका हुन् । उनी दिनेश राजवंशीको स्थानमा मैदानमा छिरेका थिए । पाकिस्तानसँगकै खेलबाट विराजले राजुकाजी शाक्यले बनाएका […]