Comments Add Comment

सिभिल बैंक

List Grid
सिभिल बैंक अब महेन्द्रनगरमा पनि

सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको समुद्घघाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे । उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर […]

सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ वचत खाता

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले ल्याएको छ । वरिष्ठ वचत खाता बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने छ । ५८ वर्षभन्दा माथिकाले न्युनतम मौज्दात रु १० हजार राखी खोल्न सकिने वचत खातामा वाषिर्क ६.०५प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथ साथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवाअन्तर्गत रकम राख्न र […]

सिभिल बैंकले ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्ने

सिभिल बैंकको ३ अर्बको ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्ने भएको छ। बैंकले आइतबार विज्ञप्ति जारी गर्दै सार्वजनिक निष्कासन गर्न लागेको १,००० अंकित दरको ३० लाख कित्ता ‘९% सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्न लागेको हो। उक्त निष्कासनको प्रत्याभूति गर्न निष्कासन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोषलगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र […]

सिभिल बैंकद्वारा खुरखुरेमा शाखा विस्तार

१० वैशाख, काठमाडौं । सिभिल बैंकले चितवनको राप्ती नगरपालिकास्थित खुरखुरेमा आफ्नो शाखा विस्तार गरेको छ । राप्ती नगरपालिकाकी नगरप्रमुख प्रभा बरालले एक कार्यक्रमका बीच शाखाको उद्घाटन गरेकी छन् । नगरप्रमुख बरालले बैंकको शाखा विस्तारसँगै यसक्षेत्रमा वित्तीय पहुँच बृद्धि गर्न तथा वित्तीय स्तर बढाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन् । व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका […]

सिभिल बैंकका सीईओ गुरुङले दिए राजीनामा

६ वैशाख, काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । कार्यकाल सकिन केही महिना बाँकी छँदै गुरुङले पदबाट राजीनामा दिएका हुन् । सीईओ गुरुङले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृति समेत गरेको छ । बैंक श्रोतले दिएको जानकारी अनुसार १७ वैशाखदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको छ […]

सिभिल बैंकको स्पष्टीकरण– मर्जरको कुनै निर्णय भएको छैन

५ असोज, काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै प्रकारणको निर्णय नभएको स्पष्टिकरण दिएको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले नेप्सेलाई जवाफ पेश गर्दै मर्जरमा जानका लागि कुनै पनि निर्णय […]

सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

४ असोज, काठमाडौं । अहिले मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये निकै कमजोर मानिने बैंकमध्ये एक हो सिभिल बैंक, आइतबार कारोबार खुलेसँगै सिभिल बैंकको सेयर मूल्य बढ्न शुरु भयो र आकासियो । एक पटक त करिब १० प्रतिशतले उकालो लागेको सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको छ । […]