Comments Add Comment

सुशील प्याकुरेल

List Grid
सुशील प्याकुरेलको राजीनामाले सुवोध र सुनीललाई ‘नैतिक संकट’

१२ माघ, काठमाडौं । संसदमा स्पष्ट बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाएको विरोधमा मानवअधिकारकर्मी सुशील प्याकुरेलले राष्ट्रपतिको विज्ञ सल्लाहकार पदबाट राजीनामा दिएपछि अरुलाई नैतिक संकट परेको छ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त प्याकुरेलको राजीनामाको कारण थाहा पाउन आठ वर्ष पहिले फर्कनुपर्ने हुन्छ । ०६८ जेठमा फौजदारी अभियोग लागेका सापकोटालाई […]

सापकोटाको सपथअघि शीतलनिवासका सल्लाहकारको ‘विद्रोह’

१० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका शब्दमा अग्निप्रसाद सापकोटा ‘डिफ्याक्टो’ सभामुख भइसके । प्रतिनिधिसभामा एकल बहुमत भएको नेकपाबाट सभामुखको उम्मेदवार बनेका सापकोटालाई अर्को दल राष्ट्रिय जनता पार्टीले पनि साथ दिइसकेको छ । सापकोटाबाहेक प्रमुख विपक्षी र संसदमा भएका अन्य कुनै पनि दलले सभामुखमा उम्मेदवारी दिएका छैनन् । गणितीय रुपमा […]

राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा

१० माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका छन् । उनी भण्डारीको पहिलो कार्यकालमा दुई वर्ष र दोस्रो कार्यकालमा करिव २ वर्ष विज्ञ सल्लाहकार थिए । कानूनका सामू सबैको समान हैसियत कायम गराउने नागरिकको आकांक्षाको पक्षमा योगदान गर्न बिज्ञ सल्लाहकारबाट राजीनामा दिएको उनले बताएका […]