Comments Add Comment

स्याटेलाइट

List Grid
एलन मस्कको स्याटेलाइटले अन्तरिक्षमा खतरा, हप्तामै १६ सय पटक ठक्कर खाने जोखिम

विश्वभर तीव्र गतिको इन्टरनेट पुर्‍याउनका लागि एलन मस्कको इन्टरनेट कम्पनी स्पेस एक्सले अन्तरिक्षमा १२ हजार स्टारलिंक स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ । त्यसमध्ये १५ सय स्याटेलाइट त प्रक्षेपण भैसकेका छन् । तर अन्रीक्षमा यति ठूलो संख्यामा स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्नुको खराब नतिजा के हुनसक्दछ भन्ने सुरुआती झलक देखा परिसकेको छ । एक अध्ययन अनुसार […]

रोपाइँ सकिएका क्षेत्रको गणना स्याटेलाइटबाट हुँदै

१३ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तराईका २१ जिल्लामा स्याटेलाइटबाट धान रोपाइँको क्षेत्रफल गणना गररिहेको छ । नेपालमा उत्पादन हुने कुल धान उत्पादनको ७४ प्रतिशत उत्पादन ओगट्ने उक्त क्षेत्रमा दोस्रोपटक यसरी गणना सुरु गरिएको मन्त्रालयले जनाएको छ । पूर्वमा झापादेखि पश्चिमको कन्चनपुरसम्मका धेरै धान खेती हुने २१ जिल्लामा गतवर्षबाट सूरु भएको पाइलट […]

भू-उपग्रहसम्बन्धी अध्ययनका लागि पाँच कम्पनी छनोट

२४ फागुन, काठमाडौं । नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न ९ कम्पनीले आशयपत्र बुझाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो । प्राधिकरणले गत मंसिरमा पुरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा तथा नीति तय […]

एलन मस्कको कम्पनीको कीर्तिमान, एउटै रकेटमा हालेर १४३ स्याटेलाइट प्रक्षेपण

विश्वका नम्बर वान अर्वपति एलन मस्कको कम्पनी स्पेस एक्सले स्याटेलाइट प्रक्षेपणको क्षेत्रमा समेत नयाँ कीर्तिमान कायम गरेको छ । स्पेस एक्सको फाल्कन नाइन रकेटमा हालेर एकसाथ १४३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा प्रक्षेपण गरिएको हो । आइतबार भएको उक्त प्रक्षेपण एकसाथ सबैभन्दा धेरै स्याटेलाइट प्रक्षेपणको रेकर्ड भएको बताइएको छ । ट्रान्सपोर्टर वान नामक उक्त मिसनमा स्पेस […]

अन्तरीक्ष प्रविधिमा जापानको चमत्कार, बनाउँदैछ काठको स्याटेलाइट

काठमाडौं । जापानले विश्वमै पहिलोपटक काठबाट बनेको स्याटेलाइट तयार गर्दैछ । जापानको एक कम्पनी तथा त्यहाँको क्योटो विश्वविद्यालयले संयुक्त रुपमा मिलेर काठको स्याटेलाइट निर्माणको काम गरिरहेका छन् । सुमितोमो फरेस्ट्री कम्पनी र क्योटो विश्वविद्यालयले निर्माण गरिरहेको काठको स्याटेलाइट सन् २०२३ सम्ममा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार उक्त प्रयोजनका लागि वनस्पतीको वृद्धि […]

स्याटेलाइटको लागि परामर्शदाता छान्न आशयपत्र आह्वान

२ पुस, काठमाडौं । सरकारले आफ्नै व्यवसायिक स्याटेलाइट राख्नका लागि परामर्शदाता छनोटको प्रक्रिया अघि बढाएको छ । बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले एक आशयपत्र जारी गर्दै परामर्शदाता छान्न प्रक्रिया अघि बढाएको हो । प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार स्याटेलाइट खरिद प्रक्रिया अघि बढ्नुअघि त्यसको प्राविधिक र व्यवसायिक पाटोबारे अध्ययन गर्न परामर्शदाता छान्न लागिएको बताउँछन् […]

नेपालको स्याटेलाइट : प्रतिस्पर्धा रद्ध, विवादित जीटूजीलाई बाटो खुला

२३ मंसिर, काठमाडौं । सरकारले स्याटेलाइट खरिदका लागि आह्वान गरेको अन्तर्राष्ट्रिय आशयपत्र रद्ध गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले २० असोज २०७३ मा आह्वान गरेको आशयपत्र सोमबार रद्ध गरेको हो । फ्रान्सेली कम्पनी थेल्स एलेनिया स्पेससँग स्याटेलाइट खरिदको लागि सरकारीस्तर (जीटूजी) मा भएको लेटर अफ एक्सचेन्ज (एलोओई) बारे भने प्राधिकरणले केही खुलाएको छैन । खुला […]

एउटै रकेटमा हालेर चीनले प्रक्षेपण गर्यो १३ वटा स्याटेलाइट

काठमाडौं । चीनले एकसाथ १३ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । एउटै रकेटभित्र हालेर चीनले १३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा पठाएको हो । शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६ नामक उक्त रकेट प्रक्षेपण गरिएको सिन्ह्वाले जनाएको छ । प्रक्षेपित स्याटेलाइटमध्ये १० वटा व्यवसायिक रिमोट सेन्सिङ्ग स्याटेलाइट हुन्, जो अर्जेन्टिनी […]

विवादित खरिद प्रक्रियालाई निरन्तरता दिने गरी स्याटेलाइट नीति

२२ असार, काठमाडौं । सरकारले चरम विवादमा परेको भू–उपग्रह खरिद प्रक्रियालाई निरन्तरता दिने गरी भू–उपग्रह (स्याटेलाइट) नीति– २०७६ ल्याएको छ । नीति नबनाउँदै स्याटेलाइट खरिदमा हतारिएको सरकारले विवादित खरिद प्रक्रियालाई बाटो खोल्ने गरी असार २ गते नीति पारित गरेको हो । सरकारले सन् २०२२ सम्म नेपालको आफ्नै स्याटेलाइट हुने बताउँदै आएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार […]

रेलदेखि स्याटेलाइटसम्म ‘जीटूजी’ मै सरकारको जोड

२१ चैत, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले पछिल्लो समय विभिन्न व्यवसायिक परियोजना र त्यसका व्यवस्थापकीय कार्यहरु विनाप्रतिस्पर्धा अगाडि बढाउन थालेको छ । गभर्नमेन्ट-टू-गभर्नमेन्ट (जीटुजी) मोडल अपनाउने भन्दै यस्ता परियोजना विदेशी कम्पनीलाई सोझै जिम्मा लगाउने प्रवृत्ति बढ्दै गएको छ । यसो गर्दा सस्तोमा हुने कामलाई बढी मूल्य पर्ने व्यवसायीहरुको तर्क छ । सरकारी अधिकारीहरु भने […]

कहाँ पुग्यो नेपालको ‘आफ्नै स्याटेलाइट’ योजना ?

२५ असोज, काठमाडौं । आफ्नै स्याटेलाइट राख्न प्रक्रिया अघि बढेपछि सरकारले कानुनी र नीतिगत व्यवस्थाका लागि छलफल सुरु गरेको छ । आफ्नो स्याटेलाइट राख्नुअघि त्यससम्बन्धी कानुन र नीतिहरु नभएमा अप्ठेरो पर्ने निश्कर्ष निकाल्दै दूरसञ्चार प्राधिकरणले कागजातहरु तयार गर्न लागेको हो । यसले स्याटेलाइट राख्ने प्रक्रिया अझै लम्बिने छ । प्राधिकरणले यअसघि नै स्याटेलाइट राख्न टेण्डर […]