Comments Add Comment

भूटानी नेता टेकनाथ रिजालको सुविधा खोसियो

१४ भदौ, काठमाडौं । नेपालमा दोस्रोपटक शरण लिइरहनुभएका भुटानका प्रजातन्त्रवादी एवं मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई नेपाल सरकारले दिँदै आएको सुविधा खोसेको छ । आफूले पाउँदै आएको ट्राभल डकुमेन्टसमेत नवीकरण नगरिदिएपछि नेपाल छाडेर बाहिर जानसमेत नपाई खुल्ला बन्दीजस्तो जीवन बिताउनु परेको गुनासो गर्दै रिजालले नेपाल सरकारलाई पत्र लेख्नुभएको छ । teknath-rijal

ट्राभल डकुमेन्ट नवीकरण नगरिदिँदा उपचार गर्न भारत जानसमेत नपाइने स्थिति रहेको भन्दै रिजालले गृहमन्त्रालयमा दिनुभएको निवेदनउपर नेपाल सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन ।’हिजोको सरकारले मलाई दिंदै आएको सहयोग किन बन्द भएको हो भन्ने सम्बन्धमा मलाई जानकारी भएन र मैले त्यस सम्बन्धमा बुझेको पनि छैन । तर, दिँदै आएको सहयोग एकाएक रोकिँदा मलाई जीवन निर्वाहका लागि ठूलो संकट आइपरेको छ ।’- गृहमन्त्रालयलाई रिजालले बुझाउनुभएको पत्रमा भनिएको छ ।

रिजालले नेपाल सरकारलाई लेख्नुभएको पत्रमा भनिएको छ-‘मेरो यात्रा अनुमतिपत्र नवीकरण नभइदिएको जर्जर अवस्थाले म लगायत मेरो परिवार कथंकदाचित विरामी परी नेपाल बाहिर जानु परेको खण्डमा अथवा नेपालभित्रै पनि एउटा शरणार्थी मानिसलाई चाहिने परिचय पत्र देखाउने आधारसम्म गुमेको अवस्थालाई मध्यनजर गरी हिजो नेपाल सरकारबाट दिंदै आएको उपर्युक्त सुविधाहरु समयसापेक्ष उपलब्ध गराई म र मेरा परिवारलाई सुरक्षित जीवन जिउने वातावरण कायम गरिदिनु हुनेछ भन्ने अपेक्षासहित यो विनम्र निवेदन गर्दछु ।’

विगतमा तत्कालीन मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारबाट भुटान सरकारसमक्ष सुपुर्द गरिनुभएका मानवअधिकारवादी नेता रिजाल लगभग १२ वर्षदेखि नेपालमा दोस्रो निर्वासित जीवन बिताइरहनुभएको छ । भुटानी शरणार्थीहरु तेस्रो मुलुकमा स्थानान्तरण हुँदा पनि ६६ वर्षीय रिजाल काठमाडौंमै शरण लिएर बसिरहनुभएको छ ।
एकपटक नेपालबाट अन्याय पाएर पनि फेरि नेपालमै शरण लिइरहनुभएका प्रजातन्त्रवादी नेता रिजाललाई ०६२/०६३ को जनआन्दोलनपछि गिरिजा सरकारले भरणपोषणवापत मासिक १ लाख रुपैयाँ सहयोग दिनुका साथै ट्राभल डकमुेन्ट उपलब्ध गराएको आएको थियो । तर, गिरिजा सरकारले गरेको सहयोग ३ वर्षपछि कम्युनिष्ट सरकारले बन्द गरिदिएको स्रोतको गुनासो छ ।

आफूले ट्राभल डकुमेन्ट नपाउँदा बाहिर जान पन नपाएको र नेपालमा पनि जीवन निर्वाहमा संकट परिरहेको गुनासो गर्दै रिजालले गृहमन्त्रालयलाई लेखेको निवेदनमा भन्नुभएको छ, ‘आज म आफ्नो देशको जातिवादी नीतिले राज्यविहीन भएको अवस्थामाथि नेपाली भूमिमा खुल्ला कैदीसरहको जीवन बिताउन विवश भएको कुरा यहाँलाई अवगत गराउँन चाहन्छु ।’

गृहमन्त्रालय स्रोतबाट प्राप्त रिजालको निवेदनको पूर्णपाठ यस्तो छ-

res

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment