+
+
Shares

हल्ला र कानेखुसीले पार्टी कमजोर हुन्छ, त्यता नलागौं : महामन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते २०:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरू गर्ने तयारी गरेको महामन्त्री प्रदीप पौडेलले पोखरामा जानकारी दिनुभयो ।
  • अभियान पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको खाका तयार गर्न केन्द्रित हुने पौडेलले बताउनुभयो ।
  • उहाँले मङ्सिरभित्र जिल्ला र प्रदेश अधिवेशन तथा स्थानीय तह निर्वाचनको तयारी व्यापक बनाइने र सर्कुलर पठाइने बताउनुभयो ।

३० कात्तिक, पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन् ।

कांग्रेस गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताए ।

हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलाग्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्दै महामन्त्री पौडेलले पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए ।

कार्यविभाजन नभएका नेताहरूका लागि भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने उनले स्पष्ट पारे ।

महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान सुरु गर्न लागिएको जानकारी दिए ।

मङ्सिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उनले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?