Comments Add Comment

जन्मिए मुटु जोडिएका जुम्ल्याहा

hart attachart  (2)विश्वमै निकै दुर्लभ मानिएको घटनाको रुपमा इण्डोनेसियामा जिउ जोडिएका जुम्ल्याहा बच्ची जन्मिएका छन् । छाति र पेटको भाग जोडिएका यी बच्चीहरुको दुर्लभ विशेषता भनेको यी दुबैको गरी जम्मा एउटामात्र मुटु रहेको छ । जसका कारण यी जुम्ल्याहालाई शल्यक्रिया गरी छुट्टाउन गाह्रो छ र छुट्टाइएपनि दुइमध्ये केवल एकजनालाई मात्र बचाउन सम्भव हुन्छ र अर्की बालिकाको लागि मुटु नै नहुने भएकाले जिवन सम्भव हुनेछैन ।

जाभास्थित स्वेटोमो अस्पतालमा मार्च २६ बिहिबारका दिन यी दुर्लभ जुम्ल्याहाको जन्म भएको हो । अहिले अस्पतालको आइसियुमा यी दुर्लभ जुम्ल्याहालाई राखिएको छ । अस्पतालले यी बालिकाहरुको तस्वीर सार्वजनिक गरेको छ जुन निकै दर्दनाक लाग्छ ।

hart attachart  (1)

यो अस्पतालकै विशेषज्ञ डाक्टरहरुले सन् २०१३ मा सुमात्राको एक अस्पतालमा यस्तै जिउ जोडिएका जुम्ल्याहालाई सफलता पूर्वक छुट्टाउन सफल भएका थिए भने जाभाको यो अस्पतालले यसअघि जिउ जोडिएका ५३ जुम्ल्याहा जोडीलाई शल्यक्रिया गरी छुट्टाइसकेका छन् । जसमध्ये केवल दुइ शल्यक्रिया मात्र असफल भएका थिए ।

विज्ञहरुका अनुसार विश्वमा हरेक २ लाख जिवित जन्ममा एउटा जिउ जोडिएका जुम्ल्याहा जन्मिने गर्छन् । यसरी जन्मिने मध्ये ४० देखि ६० प्रतिशत शिशुहरु जन्मिँदै मरिसकेका हुन्छन् भने ३५ प्रतिशत केवल एक दिनसम्म मात्र बाँच्दछन् । बाकी अन्य स्वस्थ शिशुहरुलाई मात्र शल्यक्रिया गरेर त्यसमध्ये अधिकांसलाई बँचाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment