Comments Add Comment

दूरगामी निर्णय नलिन सरकारलाई देउवाको खबरदारी

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दूरगामी प्रकृतिका निर्णय नलिन सरकारलाई आग्रह गरेका छन् । वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा रहेको र संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिइरहेको उनको आरोप छ ।

बिहीबार वक्तव्य जारी गर्दै देउवाले भनेका छन्, ‘सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई खबरदारी गर्दछु ।’ सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरुलाई दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका छन् ।

उनले आफ्नो सम्पूर्ण ध्यान कोभिड–१९ को रोकथाम तथा उपचारमा केन्द्रित गर्न र निषेधाज्ञाको मारमा परेका निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीविहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

उनले हालै मात्र कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई बुझाएको १५ वुँदे ज्ञापनपत्रलाई गम्भीरताका साथ लिन माग गरेका छन् ।

कोरोना खोपको तत्काल आपूर्ति गर्न, देशभर आवश्यकता अनुसार आईसीयू वेड र अक्सिजनको व्यवस्था माग गर्दै उनले भनेका छन्, ‘देशको हरेक गाउँ/नगरपालिका र वडा तहसम्म पिसिआर परीक्षणको व्यवस्था गर्न माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment