News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ।
- बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
- दुर्घटनामा ५ जना घाइते भएका छन् र उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको निधन भएको छ। निधन हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन्। मकवान प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३ पुरुष र २ बालक छन्।
बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। गाडीमा १५ जना सवार रहेको प्रारम्भिक अनुमान छ।
घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ।
घाइते तीन जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया 4