News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी चितवनको खैरहनी नगरपालिका–२ मा पटका पड्काउँदा १२ वर्षीय आयुष गान्धारी घाइते भएका छन्।
- प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटकाको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो।
- छातीभन्दा तलको भाग जलेका बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
२६ कात्तिक, चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी भएको थियो ।
पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको छातीभन्दा तलको भाग जलेको जनाइएको छ ।
आगलागीबाट घाइते बालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4