+
+
Shares

पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते ११:२०

२३ कात्तिक, काठमाडौं । पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पकाहामैनपुर गाउँपालिकाका-२ का ८ वर्षीय बालक कुन्दन सहनी रहेका छन्

पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार सोमबार बिहान ८ बजे आफ्नै घर अगाडि पटका पड्काउने क्रममा बालक सहनीको छातीमा पटकाको छर्रा लागेर घाइते भएका थिए ।

डीएसपी मल्लले अनलाइनखबरसँग भने, ‘बालकले फलामको पाइभित्र राखेर पटका पड्काएका रहेछन् । पटका पड्कने क्रममा पाइपको दुवैतर्फबाट छर्रा निस्किँदा उनको छातीको बीच भागमा गम्भीर चोट लागेको रहेछ । उपचारका लागि अस्पताल ल्याइए पनि चिकित्सकले बालकलाई मृत घोषणा गरेको हो ।’

पटकाको छर्रा लागेर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल ल्याइएको थियो । चिकित्सकले जाँच गर्ने क्रममा बिहान ८:४५ बजे मृत्यु घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?