+
+
Shares

दैलेखमा घरमै पुगेर एक व्यक्तिले गरे हतियार प्रहार, एकै परिवारका चार महिला घाइते

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार करिब ३७ वर्षीय बमबहादुर रावतले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार जना महिला घाइते भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा बमबहादुर रावतको धारिलो हतियार प्रहारबाट एकै परिवारका चार महिला घाइते भएका छन्।
  • घाइतेमध्ये चन्द्रबहादुर पुन मगरकी श्रीमती बीमा मगरको अवस्था गम्भीर छ र उनलाई जिल्ला अस्पताल दैलेख लगिएको छ।
  • प्रहरीले बमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ, र घटनाको कारण अहिलेसम्म खुलेको छैन।

२२ कात्तिक, काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा एक व्यक्तिकझ धारिलो हतियार प्रहारबाट एकै घरमा चार जना महिला घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार करिब ३७ वर्षीय बमबहादुर रावतले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार जना महिला घाइते भएका हुन् ।

उनका अनुसार घाइते हुनेमा चन्द्रबहादुर पुन मगरका श्रीमती ४५ वर्षीया बीमा मगर, उनका भाइबुहारी २५ वर्षीया महेसरा पुन, उनका छोरीहरू २३ वर्षीया तिला पुन र २० वर्षीया लक्ष्मी पुन रहेका छन् । घाइते मध्ये बीमाको अवस्था गम्भीर रहेको उनले बताए ।

घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकी लगिए पनि बीमालाई भने थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ । अन्य घाइतेलाई पनि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको हरिजनले जानकारी दिए ।

प्रहरी निरीक्षक हरिजनले अनलाइनखबरसँग भने, ‘आइतबार बिहान ५ बजेतिर चन्द्रबहादुरको घरमै पुगेर बमबहादुरले धारिलो हतियार प्रहार गरेका रहेछन् । उनले के कारणले चन्द्रबहादुरका परिवारका सदस्यहरूलाई हतियार प्रहार गरेको भन्ने अहिलेसम्म खुलेको छैन । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि मात्रै कारण खुल्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?