+
+
Shares

बारामा पटका पट्काउँदा एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते ७:३०

२३ कात्तिक, काठमाडौं । बारामाम पटका पट्काउँदा एक जना घाइते भएका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका हुन् ।

आफ्नै घरको आँगनमा गए राति साढे १० बजेतिर पटका पड्काउने क्रममा उनी जल्न पुग्दा घाइते भएको बारा प्रहरीले जनाएको छ ।

पटका पड्केर आगलागी हुँदा उनको दुवैतर्फको तिघ्रा लगायतका भाग जलेको प्रहरीले जनाएको छ ।

घाइते देवानलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?