Comments Add Comment

प्रदेश २ मा २४ घण्टामा ८६७ जना संक्रमणमुक्त, ३५३ संक्रमित थपिए

१३ जेठ, जनकपुरधाम । प्रदेश २ मा ३५३ जना कोरोना संक्रमित थपिंदा ८६७ जना निको भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७३७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३४९ जना र २० जनाको एन्टिजेन विधिबाट २० नमुना परीक्षण गर्दा चार जना संक्रमित देखिएका छन् ।

सबैभन्दा बढी धनुषामा ८६ जना, सिरहा र महोत्तरी ७४/७४ जना, रौतहटमा ३७ जना, सप्तरीमा ३५ जना, पर्सामा २५ जना, सर्लाहीमा ११ जना र बारामा १० जना संक्रमित देखिएका छन् ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ८ सय २१ पुगेको छ । यो अवधिमा ७ सय पुरुष र १६७ जना महिलासहित ८६७ जना निको भएको निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए ।

उनका अनुसार धनुषामा ३ सय, बारामा १५९, सप्तरीमा १३०, सिरहामा १२०, पर्सामा ८० र रौतहटमा ७८ जना निको भएका छन् । यो अवधिमा महोत्तरी र सर्लाहीमा कोरोना संक्रमित निको भएका छैनन् ।

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा १२ जनाको मृत्यु भएको छ । सप्तरी र रौतहटमा ४/४ जना तथा बारा र पर्सामा २/२ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment