+
+
Shares

ओथारो इन्क्युबेसन कार्यक्रमको पाँचौं कोहोर्ट सकियो, छैटौंको आवेदन खुला

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १५:४९

७ असोज, काठमाडौं । किंग्स कलेजले आफ्नो ओथारो इन्क्युबेसन कार्यक्रमको पाँचौं कोहोर्ट सम्पन्न गरेको छ । गत शुक्रबार कलेजमा डेमो डे मनाउँदै १० व्यवसायका प्रस्तुतिसहित पाँचौं कोहोर्ट सम्पन्न भएको हो ।

डेमो डेमा तुम्लेट बोर्ड गेम्स, पारामान्डो नेपाल, सम्पर्क डिजिटल लोयल्टी, लेक्साना सानो इन्जिनियर, मिस्टर वाफल्स, स्टुडियो ब्रिटान्टा, यार्सा एग्रो रिसर्च, नलेज एप र एथर सोसल ल्याबले आफ्ना प्रस्तुति दिएका थिए ।

यी उद्यमले उत्पादन, वितरण अर्थतन्त्र, डिजिटल प्लाटफर्मस्, खानाका परिकार, क्रियटिभ टेक्नोलोजी, शिक्षा, कानुनी प्रविधि, कृषि तथा प्रोफेसनल सर्भिसलगायतका विभिन्न क्षेत्रमा काम गरिरहेका छन् ।

डेमो ठेमा ९५ जनाभन्दा बढी सहभागी थिए । जसमा ३५ जना भन्दा बढी लगानीकर्ताको उपस्थिति थियो ।

कार्यक्रममा पिच अफ द डेको उपाधि सम्पर्क लोयल्टीले प्राप्त परेको थियो ।

डेमो डेकै अवसरमा किंग्स स्टार्टअप फन्डको पनि आरम्भ गरिएको छ । यो फन्ड स्टार्टअपले सामना गर्ने प्रमुख चुनौतीमध्ये एक प्रारम्भिक पुँजीमा पहुँच पुर्‍याउन मद्दतको काम गर्ने उदेश्यले ल्याइएको हो ।

फन्डमार्फत प्रत्येक टिमले दुई लाख रुपैयाँसम्म बिना ब्याजमा ऋण र अनुदान उलपब्ध गराउने र कुल १५ लाखसम्मको सहयोग गर्ने व्यवस्था गरिएको किंग्स कलेजले जनाएको छ ।

ओथारोको पाँचौं कोहोर्ट सकिएसँगै अब छैटौं कोहोर्टका लागि आवेदन खुला गरिएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?