+
+
Shares

भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र होइन : सांसद बुढाथोकी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद डा. कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रसँगै वित्तीय कारोबार सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
  • प्रतिनिधि सभामा ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा उनले यसलाई कोशेढुङ्गा सावित हुने जिकिर गरे ।
  • उनले विधेयकले विद्यमान व्यावहारिक कठिनाइ, कानूनी अस्पष्टता र बैंक तथा वित्तीय संस्थाको कार्यक्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

७ असोज, काठमाडौं । सत्तारुढ रास्वपा सांसद डा. कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रको विकाससँगै वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधि सभामा प्रश्तुत ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि भएको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् । उक्त विधेयक कोशेढुङ्गा सावित हुने उनको जिकिर छ ।

सांसद डा. बुढाथोकीले अर्थमन्त्रीद्वारा प्रश्तुत सो विधेयकले भुक्तानी तथा फर्स्यौट प्रणालीमा विद्यमान व्यावहारिक कठिनाइ र कानूनी अस्पष्टतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

विद्यमान ऐनलाई समयसापेक्ष बनाउँदै बैङ्क तथा वित्तीय संस्थाहरूको कार्यक्षमता अभिवृद्धि गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए ।

‘सुरक्षित, सहज र भरपर्दो भुक्तानी प्रणालीले मात्र औपचारिक वित्तीय प्रणालीप्रतिको विश्वास बढाउँछ र कृषि, ऊर्जा तथा पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्छ,’ उनले भने ।

सांसद बुढाथोकीले भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र नभई बचतलाई उत्पादनशील लगानी र रोजगारी सिर्जनासँग जोड्ने वित्तीय पूर्वाधार भएको बताए ।

विधेयकमा समावेश गरिएका सञ्चालक समितिका विज्ञ सदस्यको योग्यता, एजेन्ट नियुक्ति प्रक्रिया र विदेशी संस्थाको अनुमति नवीकरण लगायतका प्रावधानहरूले प्रणालीलाई थप व्यवस्थित बनाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?