Comments Add Comment

कोभिड-१९ अपडेट : नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै

१२ जेठ, काठमाडौं । लगातार कोरोना संक्रमण बढिरहेका बेला बुधबार नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्रमित थपिँदा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।

देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४९३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना छन् ।

यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ११३९, कास्कीमा ५००, रूपन्देहीमा ३४९, सिन्धुपाल्चोकमा ३४२, गोरखामा, २६६, सुनसरीमा २५५, झापामा २४९, ललितपुरमा २४१ र मोरङमा २३१ जना कोरोना संक्रमित थपिएका छन् ।

बाँकेमा १९९, काभ्रेपलाञ्चोकमा १५७, बर्दियामा १५५, तनहुँमा १४५, सिन्धुलीमा १२9, सुर्खेतमा १‍२२, धादिङमा ११९, सर्लाहीमा ११६, भक्तपुरमा ११३,लमजुङमा १०७, धनुषामा १०४ र मकवानपुरमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा ९९, गुल्मीमा ९४, बैतडीमा ८६, मनाङमा ७६, महोत्तरी, दोलखा र पाल्पामा ६९/६९ जना, अछाममा ६८, सप्तरीमा ६६, दाङ र रोल्पामा ५६/५६ जना, नवलपरासी पश्‍चिम र रूकुम पश्‍चिममा ५१/५१ जना, धनकुटा, दैलेखमा ४७/४७, कञ्‍चनपुरमा ४५ र संखुवासभामा ४० जना संक्रमित थपिएका छन् ।

रौतहटमा ३८, पर्वतमा ३७, सिरहामा ३३, बारा र कैलालीमा ३१/३१ जना, डोटीमा २९, रामेछापमा २७, पर्सामा २४, नुवाकोटमा २२, रसुवामा २१, खोटाङमा २०, कपिलवस्तुमा १९, स्याङ्जामा १८, अर्घाखाँचीमा १७, जुम्ला र डडेलधुरामा १६/१६ जना, भोजपुर र बागलुङमा ७/७ जना संक्रमित थपिएका छन् ।

यस्तै प्‍युठानमा ६, उदयपुर, ओखलढुंगा, सोलुखुम्बुमा ४/४ जना, ताप्लेजुङमा ३, इलाम, तेह्रथुम, नवलपरासी पूर्वमा २/२ जना तथा पाँचथर, म्‍याग्दी, रूकुम पुर्व, कालीकोट, जाजरकोट, सल्‍यानमा र बाजुरामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १० वर्षमुनिका १८६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६१५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment