Comments Add Comment

रामेछापमा जुनार बिक्री गरेर १० करोड आम्दानी

Junar१८ चैत, रामेछाप । रामेछापमा जुनार बिक्रीबाट १० करोड आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको ओख्रेनी, सुकाजोर, रामपुर, रामेछाप, सालु, फुलासी, डढुवा, सुनारपानी गाविसबाट १० करोड रुपैयाँ बराबरको जुनार बिक्री भएको हो ।

कार्यालयका प्रविधिक सहायक हिमाल भुसालका अनुसार ११ हजार हेक्टरमा लगाइएको जुनार खेतीबाट १३ हजार ३ सय ३२ मेटि्रक टन उत्पादन भएको थियो ।

जिल्लाको नगदेबालीको रुपमा लिइने जुनार खेती ८ सयदेखी १४ सय मिटरको उचाईमा लगाउनु उपयूक्त मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment