Comments Add Comment

मंगलबारको भूकम्पले ५७ जनाको मृत्यु, सबैभन्दा बढी क्षति दोलखामा

nayabajar-earthquake-5

२९ वैशाख, काठमाडौं । मंगलबार आएको शक्तिशाली भूकम्पले काठमाडौंसहित आसपासका जिल्लामा ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । ११ सय बढी घाइते भएका छन् ।

आठ हजार बढीको मृत्यु हुने गरी विनाशकारी भूकम्प गएको १८ दिनपछि ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । मंगलबार १२ बजार ५४ मिनेटमा भूकक्प गएपछि लगातार पराकम्पन भएको थियो । भूकम्पमा परी १ हजार १ सय १७ जना घाइते भएका छन् ।

सबैभन्दा ठूलो क्षति दोलखा र सिन्धुपाल्चोकमा भएको छ । दोलखामा ३४ जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटसहितका स्थानमा ठूलो क्षति भएको छ ।

सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु भएको छ । जसमा एक जनाको भूकम्पका कारण हृदयघात भएर निधन भएको हो ।

रामेछाप र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । धनुषा, सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ३५५, ललितपुरमा १६८, भक्तपुरमा १८२, सिन्धुपाल्चोकमा १००, दोलखामा २४ र काभ्रे ३८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

यसअघि वैशाख १२ गते ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पमा परी ८ हजार १५१ जनाको मृत्यु भएको छ भने झण्डै १८ हजार घाइते भएका छन् ।

दुई जनाको जीवितै उद्धार

यसैबीच मंगलबारको शक्तिशालीको भूकम्पले भत्किएको घरमा पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरीको टोलीले मांखा र पाग्रेटारबाट उनीहरुको उद्दार गरिएको हो । उद्धार गरिएका मध्ये तेस्रो व्यक्तिको भने उपचारका लागि अस्पताल लैजाादै गर्दा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment