Comments Add Comment

मेलिना र सरुलाई लाग्यो तीज(भिडियो)

melina-rai
महिलाहरु महान् पर्व हरितालिका तीज आउन एक महिना भन्दा धेरै समय रहँदा नेपाली सांगीतिक क्षेत्रका गायक तथा गायिकाहरुलाई भने यो पर्वले छपक्कै छोपेको छ । गीत रेकडिङदेखि छायांकन हुँदै भिडियो सार्वजनिक गर्नमा नै श्रष्टाहरुलाई भ्याई नभ्याई छ ।

तीजको गीतले संगीतकार ताराप्रकाश लिम्बुलाई पनि छोपेको छ । गायिका मेलिना राइको स्वरमा समावेश ‘आयो तीजकै लहर’ बोलको गीतमा ताराले संगीत भरेका छन् । भिडियोमा नारीहरुको सौभाग्यको प्रतिकको रुपमा रहेको रातो टिका, रातो सारी, रातो चुरापोतेलाई समावेश गरिएको छ । शान थापाको निर्देशनमा बाबु सुरेश डीसीको सह-निर्देशन रहेको यो भिडियोमा दिपक मदन सिंहको नृत्य निर्देशन छ ।

भिडियोमा गायिका राइको साथमा सरु थ्ाापाले मोडलिङ गरेका छन् । हरि न्यौपानेको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । संगीतकार लिम्बुले पहिलो पटक तीजको गीतमा संगीत भरेकाले यो गीत आफ्ना लागि फलदायी हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment