Comments Add Comment

नलसिङगाड परामर्शदाताका लागि स्मेकसँग वार्ता सुरु

२५ माघ, काठमाडौं । जाजरकोटमा बन्न लागेको ४१० मेगावाटको जलशाययुक्त नलसिंगाड जलविद्युत आयोजनाको परामर्शदाता चयनको लागि वार्ता सुरु भएको छ ।

नलसिङगाड जलविद्युत विकास समितिले प्रस्तावक स्मेक इन्टरनेशनल अष्ट्रेलिया र एमडब्ल्यूएच इन्टरनेशनल यूएसए सहितसँग सोमबारदेखि वार्ता सुरु गरेको हो ।

आयोजनाको अपडेटेड फिजिबिलिटी अध्ययन, डिटेल इञ्जिनियरिङ सर्भे, डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को कामको जिम्मा लिने कम्पनीको चयनका लागि प्राविधिक र वित्तीय प्रस्ताव पुस ६ गते खोलिएको थियो ।

आर्थिक प्रस्तावमा स्मेक सहितको उपक्रमले मूल्य अभिबृद्धि कर बाहेक १ अर्ब १९करोड ९१ लाख रुपैयाँ र एएफ कन्सल्टले ८६ करोड ६५ लाख रुपैयाँ प्रस्ताव गरेका छन् ।

भेरी र नलसिङगाड नदीको दोभान भन्दा ९.२५ कि.मी. माथि अँधेरी खोलाको दोभानबाट बाँध बनाएर भेरी नदीको दायाँ किनारामा विद्युत उत्पादन गृह बनाइने छ । यसको कूल लागत २०१२ को मूल्यमा ७३ करोड ७३ लाख ९० हजार अमेरिकन डलर अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment