+
+
Shares

शिवमले थाल्यो प्राविधिक र भ्यान सुविधासहितको निःशुल्क परामर्श

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १३ गते १०:५५

shivam-van
१३ मंसिर, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले आम उपभोक्ता समक्ष सिमेन्ट लगायतका निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धी प्राविधिक ज्ञान निःशुल्क रुपमा दिन नयाँ प्रयोग गरेको छ ।

शिवमले निर्माणस्थलमा नै पुगी प्रत्यक्ष देख्न सकिने गरी परीक्षण गरी रिर्पोटको सेवा समेत उपलब्ध गराई निर्माण कार्यमा सहयोग पुर्‍याउने गरेर प्राविधिक सेवा सेवा सुरु गरेको छ ।

प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्ष भन्दा बढीको प्राविधिक कार्य अनुभव भएका बरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ इन्जिनियरहरु रहेका छन् ।

प्राविधिक टिमले सिमेन्टका ग्राहक वर्ग एवम् आम उपभोक्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क टोल पि|m नंम्बर मा फोन गरी सेवा लिन चाहानेहरुका निमित्त निर्माणस्थलमा स्वयम उपस्थित भई सल्लाह, सुझाव तथा प्राविधिक विषयको जानकारी गराउने छ ।

उक्त प्राविधिक टिमलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न कम्प्रेशिभ स्ट्रेन्थ टेस्टिङ मेसिनजडित टेक्निकल भ्यानको निःशुल्क सेवा सुरुवात गरिएको छ ।

टिमले कंक्रिटलाई प्रयोगमा ल्याउन उपयुक्त बनाउन स्लम्पको परीक्षण गर्ने र कंक्रिटको मजबुतीमा प्रत्यक्ष असर पार्ने पानी र सिमेन्टको अनुपात निर्धारण गर्न सिकाउने छ ।
यस्तै निर्माणस्थल मै ग्राहकहरुलाई स्ल्याबको कास्टिङ्ग, कोलम, प्लास्टरिङ, मेशन रिवर्क तथा अन्य निमार्ण कार्यमा सहयोग प्रदान गर्ने योजना पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?