२ वैशाख, काठमाडौं । शनिबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिका धुर्मुस र सुन्तलीमय बनेको छ । पत्रिकाहरुले कलाकार धुर्मुस–सुन्तलीले मुसहर समुदायलाई एकीकृत नमुना बस्ती हस्तान्तरण गरेको विषयलाई प्रमुखताका साथ लेखेका छन् । सरकारको हालसम्मको उपलब्धीको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । कर फछ्र्योट भन्दै २१ अर्ब हिनामिना गरिएको खबर पनि पत्रपत्रिकामा छ ।
गोरखापत्र दैनिकले सरकारले हालसम्म हासिल गरेको उपलब्धिको विषयलाई महत्त्वका साथ छापेको छ । कीर्तिपुर नगरपालिकामा आकांक्षी धेरै भएकोदेखि एक करोड मतपत्र छापिएको सम्मका खबर गोरखापत्रको पहिलो पृष्ठमा छ ।
नागरिक दैनिकले ‘धुर्मुस–सुन्तली फाउन्डेसको ह्याट्रिक, मुसहरलाई घर उपहार’ शीर्षक दिएर मुख्य खबर लेखेको छ । नागरिकमै ‘२०७३ः सत्ता स्वार्थको घनचक्कर’ शीर्षकमा वर्ष २०७३ को समीक्षा छापिएको छ ।
कान्तिपुर दैनिकले सरकारले दुई वर्षअघि कर फछ्र्योटका लागि गठन गरेको कर फछ्र्योट आयोगका पदाधिकारीहरु नै गम्भीर आर्थिक अनियमिततामा मुछिएको लेखेको छ ।
राजधानी दैनिकले स्थानीय तह निर्वाचनको दलीय तयारी फितलो भएको भन्दै एक सामग्री पस्केको छ ।
अन्नपूर्ण पोस्टले ‘नयाँ वर्षमा मुसहरलाई घर उपहार’ शीर्षक दिएर मुख्य खबर लेखेको छ ।


प्रतिक्रिया 4