Comments Add Comment

ओबामाले चिनियाँ र फ्रान्सेली नेतालाई भेट्ने

१९ भदौ, स्टकहोम । अमेरिकी राष्ट्रपति बाराक ओबामाले जि२० को बैठकका क्रममा चिनियाँ र फ्रान्सेली नेताहरुलाई भेट्नुहुने भएको छ ।

अमेरिकी राष्ट्रतिको कार्यालय हृवाइट हाउसले बुधबार दिएको जानकारी अनुसार उहाँले उक्त बैठकका क्रममा त्यहाँ पुगेका नेताहरुलाई भेटघाट गर्नुहुने भएको हो । बैठकमा राष्ट्रपति ओबामाले चिनियाँ राष्ट्रपति सि जिनपिङ र फ्रान्सेली राष्ट्रपति फाँसाँ होल्याण्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ- हृवाइटहाउसले एक विज्ञप्तिमा जनाएको छ ।

तर बैठकमा राष्ट्रपति ओबामाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने भेटघाटको कुनै औपचारिक कार्यक्रम नरहेको पनि सो कार्यालयले जनाएको छ । उहाँले राष्ट्रपति पुटिनलाई भेट्ने विषयमा विभिन्न समाचारहरु आइरहेका थिए । तर हृवाइट हाउसले सो कार्यक्रम नरहेको स्पष्ट गरेेको छ ।

सिरियामा आक्रमणका विषयलाई लिएर यतिखेर रसिया र अमेरिकाबीचमा विवाद जारी रहेको छ । सोही विवादका कारण नै उहाँले रसियाली राष्ट्रपतिलाई नभेट्ने हुनुभएको अनुमान गरिएको हो । सिरियामा आक्रमणका लागि अमेरिकाले आˆना सेना तैनाथ गरिरहेको छ । उसले सिरियाली सरकारले रासायनिक हतियारको प्रयोग गरेको भनीरहेको छ ।

तर, रसियाले भने सिरियामाथिको आक्रमणका लागि पश्चिमा राष्ट्रहरुले रासायनिक हतियारलाई बहाना मात्र बनाइरहेको बताउँदै आएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment