Comments Add Comment

आमिरको ‘सत्यमेव जयते’बाट प्रभावित हरिवंशको ‘मैले जे भोगें’

नेपाल टेलिभिजनको पर्दामा भदौ २२ गते शनिबार राती ८ बजेर ५० मिनेटबाट करिब ४० मिनेट लामो एउटा कार्यक्रम सुरु हुने भएको छ । सधैजसो अभिनयका माध्यमबाट दर्शकलाई मनोरञ्जन र शिक्षा दिदै आएका कलाकार हरिवंश आचार्य यसको संचालक हुनेछन् ।धेरैलाई यो कार्यक्रम सुरु भएपछि लाग्न सक्छ, आमिर खानले संचालन गरेको ‘सत्यमेव जयते’बाट प्रभावित छ । तर कार्यक्रम संचालक समेत रहेका हरिवंशले यो कुरा अस्विकार गर्दै भने, ‘आमिरको उक्त कार्यक्रम हेरेपछि नेपालमा पनि यस्तै बिषयलाई उठान गरेर कार्यक्रम बनाउने सोच भने आएको हो । मैले जे भोगें यस्तै एक सोचको प्रतिफल हो ।’

hari-bangsha-acharya

एन्टेना फाउन्डेशन र सेफ द चिल्र्डेन नामक संस्थाको पहलमा यो कार्यक्रमको निर्माण गरिएको हो । कार्यक्रम नेपाल टेलिभिजनको पर्दामा ८ भाग प्रशारण हुनेछ । कार्यक्रमले नेपालका विभिन्न ३३ जिल्लामा रहेका बालबालिका, महिलाहरुको पिडा बोल्नेछ । ३३ जिल्ला पुगेर विभिन्न व्यक्तिहरुसँग कुरा गरेपछि आफूलाई नेपाल कति पिछडिएको रहेछ भन्ने थाहा भएको कलाकार हरिवंश आचार्यले बताए । उनले पश्चिम तर्फ लागेपछि धेरै बालबालिका एचआइभी एड्स जस्तो रोग वोक्न वाध्य भएको देखिने अनुभवन सुनाए । पश्चिमका धेरै युवाहरु रोजगारका लागि दिल्ली पुग्ने र एचआइभी एड्स बोकेर आउने गरेको देखियो, नेताहरुले यो समस्यालाई समाधान गर्न सक्नुपर्छ, कार्यक्रममा हरिवंशले भने ।’

हरिवंशका अनुसार, ‘यो कार्यक्रममा सानैमा आमाबुवाको निधन भएपछि घरको जिम्मा सम्हालेका एक बालकको कथा देखि काखमा सन्तान बोकेकी एक कलिली युवतीको पिता र उनको सन्तानको पिता एउटै हुदाको पिडा देखाइनेछ ।’

कार्यक्रमको उत्पादन टोलीमा राजन पराजुली, दिपक बज्रचार्य, कविता भट्टराई छन् । यो कार्यक्रम ३९ लाखको बजेटमा तयार भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment