Comments Add Comment

प्रियंका र आयुष्मानको भर्चुअल रोमान्स

त्यसो त अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अनस्क्रिन रोमान्स धेरै देखियो । असलमा पनि उनीहरु यस्ता प्रेम जोडी हुन्, जो खुलम-खुला प्रेम साट्दै हिँड्छन् ।

प्रियंका र आयुष्मानबीच इंगेजमेन्ट भइसकेको छ । अर्थात उनीहरुले अब दाम्पत्य सुख-भोग गर्नेछन् । उनीहरुलाई दुलहा र दुलहीको भेषमा कस्तो देखिएला ? कौतुहलता जरुर छ । तर, हेर्न बाँकी छ ।

तर, उनीहरुलाई दुलहा-दुलहीको आवरणमा हेर्न चाहनेका लागि हालै एक गीत सार्वजनिक भएको छ । गीतले भन्छ, ‘अर्को जुनी, खै कुन्नी ।’

गीत सरोज ओली र मेलिना राईले गाएका हुन् । यही गीतमा आयुष्मान र प्रियंकालाई दुलहा-दुलहीको रुपमा देख्न सकिन्छ । गीतमा मेहन्दी, हल्दी, विवाह मण्डपदेखि पि्रयंकालाई डोलीमा चढाएर लगिएका दृष्य म्यूजिक भिडियोमा छ । यस्तो लाग्छ, मानौ उनीहरु वास्तवमै विवाह बन्धनमा बााधिएका हुन् ।

दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।

कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।

फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउसलगायतका स्थानमा म्यूजिक भिडियो छायांकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment