Comments Add Comment

सुहाना भन्छिन्–‘मेरो नयाँ यात्राको सुरुवात भएको छ’

चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नव–नायिका सुहाना थापाले यसलाई आफ्नो नयाँ यात्राको सुरुवात बताएकी छिन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित सुहानाले भनिन्–‘मेरो लागि यो नयाँ यात्राको सुरुवात हो । धेरै कुरा सोचेर कार्यक्रममा आएकी थिएँ । तर, धेरै क्यामेरा देखेर के बोलुम बोलुम भयो ।’

सुहानाले ‘ए मेरो हजुर ३’को बारेमा भनिन्–‘यो चलचित्रलाई शिव श्रेष्ठ अंकलले सुरु गर्नुभएको हो । श्रीकृष्ण श्रेष्ठ अंकल र मेरो ममीले अगाडि बढाउनुभयो । सलिन र साम्राज्ञीले यसलाई नयाँ उचाइ दिनुभयो । अहिले अनमोल र म जोडिएका छौ ।’

सुहानाले आज आफू चलचित्र क्षेत्रमा आउनुको पछाडि मिडियाको ठूलो हात भएको बताउँदै सधै यस्तै साथको अपेक्षा समेत गरेको बताइन् । नायिका झरना थापाले छोरी सुहानाले चलचित्रबाट दर्शकलाई निराश नबनाउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment