+
+
Shares

बढ्यो सुनचाँदीको मूल्य

हिजो बिहीबार स्थिर रहेको छापावाल सुनको मूल्य आज शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते ११:४०

१६ असोज, काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

हिजो बिहीबार स्थिर रहेको छापावाल सुनको मूल्य आज शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको छ ।

बिहीबार प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ४ सय ५० मा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?