Comments Add Comment

आयल निगमका कर्मचारी संगठनका अध्यक्ष न्यौपाने पक्राउ

११ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम संचालक समितिका सदस्य एवं कर्मचारी संगठनका अध्यक्ष देवीप्रसाद न्यौपानेलाई पक्राउ गरेको छ ।

आयल निगम घाटामा रहेको बेला बोनस बाँडेर भ्रष्टाचार गरेको आरोपमा कार्यकारी निर्देशन सुरेश अग्रवालका उच्च अधिकारीलाई अख्तियारले पक्राउ गरेपछि कर्मचारीहरु आन्दोलनमा छन् । बोनस बाँड्ने निर्णयमा संलग्न न्यौपानेले अनुसन्धानमा बाधा पुर्‍याउने गरी वक्तव्यबाजी गरेकाले पक्राउ गरी अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

अख्तियारले अग्रवालसँगै लेखा निर्देशक नागेन्द्र शाह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्र काफ्लेलाई मंगलबार हिरासतमा लिएको थियो । पक्राउको विरोधमा नियमका कर्मचारीहरुले बुधबार इन्धनको कारोबार रोकेका थिए भने तत्काल रिहा नगरे आन्दोलन गर्ने धम्की दिएका छन् ।

२०६५/६६मा ३ अर्ब ३१ करोड ४१ लाख २ हजार २ सय १ रुपैयाँ नाफा भएको भन्दै आयल निगमले यो वर्ष १९ करोड ८८ लाख बोनस बाँडेको थियो । पछिल्लो तथ्यांक अनुसार आयल निगम मासिक १ सय ६८ करोड ७८ लाख घाटामा छ । घाटा बढ्दै गएपछि भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने रकम अर्बौ पुगेपछि सरकारले पटक-पटक ऋण दिँदै आएको छ भने नियमले त्यही घाटा देखाउँदै इन्धनको मूल्य समेत बढाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment