Comments Add Comment

१ सय १६ बर्ष की जापानी महिलाको अनुभवः कसरी लामो आयु बाँच्ने ?

त्यसो त जापान विश्वकै यस्तो मुलुक हो, जसलाई श्रम, मेहनत र लगावले चम्काएको छ । त्यहाँका वासिन्दाहरु कामप्रति अत्यान्तै श्रद्धा गर्छन् । श्रमकै आधारमा त्यहाँ मान्छेको स्तर पनि निर्धारण हुन्छ ।

भनिन्छ, सय बर्ष हाराहारीका मान्छे पनि त्यहाँ खेतीपातीमा सक्रिय हुन्छन् । दोहोर्‍याइरहनु नपर्ला, विश्वमै लामो आयु बाच्नेहरु पनि जापानी नै हुन् ।

जापानीहरुले किन लामो आयु पाए ?

यसमा अनेक कोणबाट खोज-अनुसन्धान भएको छ । त्यसमध्ये एक त उनीहरुको सक्रिय र सन्तुलित जीवनशैली नै हो ।

अतः यहाँ एक जापानी महिलाको अनुभव साझेदार गरिएको छ, जो वर्तमान समयमा सर्वाधिक उमेर भएका महिला हुन् । उनलाई गिनिज बुक अफ वल्ड रेकर्डले विश्वकै सबैभन्दा वृद्ध महिला घोषित गरेको छ । जापानको फुकुओकाकी वसोवास गर्ने एक सय १६ वर्षे केन टानाकालाई गनिज बुक अफ वल्ड रेकर्डले मार्च ९, २०१९ मा विश्वकै सबैभन्दा वृद्ध महिला भएको पुष्टि गरेको छ ।

वृद्ध अवस्था तथा विभिन्न स्वास्थ्य समस्याका बाबजुद पनि केन अहिले फुकुओकामा खुशी र सुखी जीवन विताइरहेकी छिन् । उनलाई यो उमेरमा पनि कसरी शान्तीपूर्ण जीवन विताउने राम्ररी थाहा छ ।

विश्वकै वृद्ध महिलाको लामो आयुको रहस्य 

जनवरी २, सन् १९०३ मा जन्मेकी केन टानाका  कुमाकिची तथा कुमा ओटाकी सातौ सन्तान हुन् । हिडेओ टानासित सन् १९२२, जनवरी छ मा विवाह गरे पश्चात्त उनी पाँच सन्तान -चार आˆनो र एक धर्मपुत्र) की आमा भइन् ।

उनले आˆनो विवाहकै दिन पहिलो पटक हिडेओ  टानाकालाई भेटेकी थिइन् । हिडेओको ‘टानाका मोचिया’ नामक आˆनै पारिवारिक व्यवसाय थियो । उनी स्टिकी राइज बनाउने र बेच्ने गर्थे, जुन जापानीजको पारम्परिक मिठाई पनि हो ।

दोश्रो सिनो-जापानीज युद्ध ताका सन् १९३७ मा हिडेओलाई आर्मीमा भर्ती हुन भनिएपछि केन आˆनो पारिवारिक व्यवसायमा सकि्रय हुँदै गइन् । सो क्रममा उनले एक्लै बालबालिकाको हेरचाह गर्नुका साथै हिडेओको आमाको समेत हेरचाह गर्थिन् ।

सन् १९४३ मा केनका छोरा नोबोउ पनि आर्मीमा भर्ती भएका थिए । तर दोश्रो विश्व युद्ध पछि सन् १९४७ उनी घर फर्किए । त्यसपछि पनि केनले ६३ वर्षको उमेरमा अवकास नपाउँदासम्म पनि आˆनै स्टोरमा काम गरिन् ।

केनलाई एक सय ती वर्षको उमेरमा कोलोन क्यान्सर भएको पत्ता लागेको थियो । यद्यपी, उनी बाचिन् । त्यस्तै, एक सय सात वर्षको उमेरमा आˆनो अनुभवलाई संगालेर ‘ गुड एण्ड व्याड टाइम्स’ नामक किताब लेखेकी थिइन् ।

केनको साधारण तथा प्रभावकारी दीर्घायु राज

केनको साधारण तथा प्रभावकारी दीर्घायुको राज भनेकै विहान सबेरै उठ्नु हो । उनी विहान छ बजे उठ्छिन् । दिउँसोमा समय व्यति तगर्न लागि उनी विभिन्न किताबहरु पढ्छिन् । गणितको अभ्यास गर्छिन् । भन्छिन्, दिमागको विकास गर्नु छ भने हामीले पढ्नै पर्छ ‘।

केनलाई गेम खेल्न असाध्यै मनपर्छ । उनी आफूलाई सकि्रय तथा समाजमा भिज्न आफू बसोबास गर्ने आराम घरका सहयोगीहरु विभिन्न किसिमका बोर्ड गेम खेल्छिन् । उनको मनपर्ने गेम ओथेलो हो । उनी यसको क्यालिसक बोर्ड गेमको विज्ञ पनि हुन् ।

त्यसबाहेक, केन अत्याधिक मात्रामा चकलेट तथा कफी खान्छिन् । त्यसैले त, गिनिज बुक अफ वल्र्ड रेर्कडको समारोहमा केनलाई धेरै भन्दा धेरै चकलेट प्रदान गरिएको थियो । जुन उनले तुरुन्तै खान सुरु गरेकी थिइन् । जब उनलाई सोधिएको थियो, तपाई अहिले कतिओटा सम्म चकलेट खानुहुन्छ ? जवाफमा उनले भनेकी थिइन्, ‘सयवटा’ ।

सो अवसरमा उनले आˆनो खुशी र सुखी जीवनको राज आˆनो ठूलो परिवार भएको बताएकी थिइन् । तर त्यो भन्दा ठूलो कुरा उनले आˆनो दीर्घ जीवनको रहस्य जुनसुकै अवस्थामा पनि आशा गर्न नछा््ड्नु भएको बताएकी थिइन् ।

एक सय १३ वर्षको उमेरमा एक अन्तवार्ता दिने क्रममा उनले भनेकी थिइन्, ‘ म यति टाढा आइसकेको छु कि अब कोशिश गर्ने अलावा म सित अरु कुनै विकल्प छैन । म सकेसम्म राम्रो गर्ने कोशिश गर्नेछु’ । सन् २०१८ मा दिएको अन्तर्वातामा उनले आफू एक सय २० वर्षसम्म बाँच्न चाहेको बताएकी थिइन् ।

त्यसो त लामो आयु बाच्नेको सुचीमा जापान सधै अगाडी रहँदै आएको छ । जापानमा केन भन्दा अघि माजाजो नोनाकाले पनि विश्वकै वृद्ध पुरुषको उपाधी जितिसकेका छन् । एक सय १३ वषिर्या माजाजो नोनाकाको मृत्यु पश्चात्त विश्वकै वृद्ध व्यक्ति को हो भन्ने विषयमा अहिले विभिन्न अनुसन्धान भइरहेको छ ।  माजाजो नोनाकाको मृत्यु २० जनवरी २०१९मा एक सय १३ वर्ष एक ७९ दिनमा भएको थियो । नयाँ रेकर्ड कसले हात पारे भन्ने कुरा अगामी घोषणाले बताउनेछ ।

यद्यपी, जापानको अहिलेसम्मकै वृद्ध व्यक्तिमा जिरोमेन किमुरा अग्रपंक्तिमा रहेका छन् । सन् १८९७ को अपि्रलमा जन्मेका किमुराको जुन १२ सन् २०१३ मा ११६ वर्ष, ५४ दिनको आयुमा मृत्यु भएको थियो ।

विश्वमै अहिलेसम्म लामो आयु बाच्नेमा फ्रान्सकी जेन लुईस कालमेन्ट अंग्रपक्तिमा रहेकी छिन् । सन् १८७५मा जन्मेकी एक सय २२ वषिर्य लुइसले झण्डै २२ वर्षसम्म विश्वकै वृद्ध महिला हुने अवसर पाएकी थिइन् । सन् १९९७  अगष्ट ४मा साउथन फ्रान्सको आर्लेस नामक एक नर्सिङ्ग होममा उनको मृत्यु भएसँगै गिनिस बुक अफ वल्ड रेकर्डले केनलाई विश्वकै वृद्ध महिला घोषित गरेको हो ।

लामो आयु बाच्नेमा जापान अगाडी रहेकै कारण जापानलाई ‘ल्याण्ड अफ इममोर्टल  -अमर भूमि)’ पनि भन्ने गरिन्छ ।

जापानीजहरु लामो आयु बाँच्नुमा सन्तुलित आहार, स्वस्थकर खानेकुरा र सुधारिएको जीवनशैली मुख्य कारक रहँदै आएको छ । यसबाहेक, जापानको प्रभावकारी स्वास्थ्य सेवाका कारण पनि त्यहाँका मानिस लामो आयु बाँच्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment