+
+
Shares

‘न तिनीहरू चलमलाउन सक्थे, न कराउन सक्थे, चुपचाप आँसु चुहाइरहेका थिए’

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ असोज २७ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पशुहरूको घाँटी र खुट्टा बाँधिएको थियो, जसले गर्दा उनीहरू न चलमलाउन सक्थे न कराउन सक्थे, र आँसु चुहाइरहेका थिए।
  • सञ्चारकर्मी ज्ञानेन्द्र खड्काले यो क्रूरता कैद गरी पशु अधिकार र कल्याणको मुद्दा उठाएका छन् र कडा कदम चाल्न आग्रह गरेका छन्।

सानो ट्रकमा ५-६ वटा लैनो भैंसी र तिनका कलिला पाडाहरू कोचिएका छन् । तिनीहरूको घाँटीमा, खुट्टामा बाँधिएको छ । हपहपी गर्मी मौसम । यी पशुहरू एक-अर्कासँग च्यापिएर बसेका छन् । न चलमलाउन सक्छन्, न कराउन सक्छन् । विवश भएर चुपचाप आँसु चुहाइरहेका छन् ।

यो दृश्य हो, कान्तिपुर लोकपथ सडकखण्डको । सञ्चारकर्मी ज्ञानेन्द्र खड्काले कैद गरेको भिडियोमा एउटा सानो ट्रकमा लैनो भैंसी र कलिला पाडाहरू कोचिएर ढुवानी गरिरहेको देखिन्छ । यी निरीह प्राणीहरूको घाँटी र खुट्टा कसिलो गरी बाँधिएका थिए जस्ले गर्दा उनीहरू हलचल गर्न पनि सक्दैन थिए ।

तिनीहरूको अवस्था अत्यन्त कष्टकर थियो– न त छटपटाउन सक्थे, न त कराउन नै । चुपचाप आँसु झारिरहेका उनीहरूको दृश्यले जोकोहीको मन छुने थियो । खड्काले यो दृश्यलाई कैद गरेर क्रूरताको विरुद्धमा आवाज उठाउने प्रयास गरेका छन् ।

ट्रकमा पाँच–छ वटा लैनो भैंसीहरू थिए, साथै, कलिला पाडाहरू पनि थिए । जसलाई कोचेर र दयनीय अवस्थामा राखिएको थियो । ती पाडाहरूलाई खुट्टाले बाँधेर झुन्ड्याइएको थियो, जसले गर्दा उनीहरू सास फेर्न पनि असमर्थ जस्ता देखिन्थे । यो अत्यन्तै क्रूर र अमानवीय तरिका थियो खड्काले भनेका छन् ।

ट्रक सानो र मिनीट्रक जस्तो थियो, जसमा यी प्राणीहरूलाई कोचाकोच पारेर राखिएको थियो । उनीहरूले आँखाबाट आँसु बगाइरहेका थिए । गर्मीको मौसममा यस्तो अवस्थाले उनीहरूको पीडा कल्पना गर्न पनि गाह्रो हुन्छ । उनीहरूको शरीरमा हावा पास हुने ठाउँ समेत थिएन र उनीहरूको दयनीय अवस्थाले हेर्नै नसकिने बनाएको थियो ।

‘यो दृश्य सामान्य मानिसका लागि पनि असह्य थियो । म कुनै पशु अधिकारर्मी होइन, तर यो घटनाले मलाई गहिरो प्रभाव पारेको छ’ खड्काले भने । पशुहरूको यो पीडा देखेर लाग्छ- हामी मानिसहरू आफ्नो स्वार्थका लागि कति हदसम्म जान सक्छौं । यस्ता घटनाहरूले पशु अधिकार र कल्याणको मुद्दालाई जोड दिन्छ ।

समाजमा पशु क्रूरताविरुद्ध कानुनहरू छन्, तर तिनीहरूको कार्यान्वयन कति कमजोर छ भन्ने यो उदाहरणले देखाउँछ । ढुवानीका क्रममा पशुहरूलाई आरामदायी र मानवीय तरिकाले लैजानु पर्ने नियमहरूको पालना नगर्नुले ती नियमहरू कागजमा मात्र सीमित भएको देखाउँछ ।

यस्ता घटनाहरू दोहोरिन नदिन सरकारी निकायहरूले कडा कदम चाल्नुपर्छ, र हामीले पनि आफ्नो दैनिक जीवनमा पशुहरूप्रति दया भाव राख्नुपर्छ ।

यो घटना एउटा उदाहरण मात्र हो, तर यसले हामीलाई सोच्न बाध्य बनाउँछ, के हामी साँच्चै सभ्य समाजमा बाँचिरहेका छौं ?

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?