Comments Add Comment

जोनले भने–‘पत्नीसँग हुँदा मलाई मिडियाले पछ्याएको मन पर्दैन’

नायक जोन अब्राहम अहिले चलचित्र ‘रोमियो अकबर वाल्टर’को प्रमोशनमा व्यस्त छन् । चलचित्र प्रमोशनका क्रममा जोनले आफ्नो व्यक्तिगत जीवनको बिषयमा पनि कुरा गरेका छन् । जोनले व्यक्तिगत कुराकानी गर्दै पत्नी प्रिया रुचालको पनि प्रशंसा गरेका छन् । उनले भनेका छन्–‘मलाई पापाराजी मन पर्दैन । व्यक्तिगत जीवनमा पापाराजीले पछ्याउँदा मलाई दिक्क लाग्छ ।’

उनले अगाडि भने–‘जब म मेरो परिवारसँग समय बिताइरहेको हुन्छु, यस्तो समयमा कसैको हस्तक्षेप मलाई मन पर्दैन ।’ उनले आफ्नी पत्नी प्रियाको प्रशंसा गरेका छन् । उनले भने–‘मेरो व्यवसाय अगाडि बढाउनमा प्रियाको हात निकै ठूलो छ । तर, उनी पर्दा पछाडि बसेर नै काम गर्न चाहन्छिन् । उनी कुनै सेलिब्रेटी होइनन् ।’

सन् २०१४ मा जोनले प्रियासँग बिहे गर्दा बलिउड नै अचम्ममा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment