Comments Add Comment

उपेन्द्रकान्त अर्यालको बढुवाविरुद्ध पार्वती थापाद्वारा सर्वोच्चमा रिट

२१ कात्तिक, काठमाडौं । डीआइजी उपेन्द्रकान्त अर्याललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध प्रहरी नायव महानिरीक्षक (डीआइजी) पार्वती थापाले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ । रिटको पेशी आइतबार तोकिएको छ ।

थापाले बिहीबार अपराहृन दायर गरेको रिटमा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाइएको छ । आफूभन्न्दा जुनियर अर्यालको बढुवा पहुँच तथा प्रभावका आधारमा गरिएको भन्दै डीआइजी थापाले रिटमा आफूलाई एआईजीमा बढुवा गर्न अन्तरिम आदेशको माग गर्नु भएको छ ।

सरकारले कात्तिक १४ गते डीआइजी उपेन्द्रकान्त अर्याललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको थियो । सरकारको यो निर्णयसँगै अर्याल कात्तिक २९ गतेपछि प्रहरी प्रमुख बन्ने बाटो खुलेको छ । अर्यालको सट्टा डीआइजी पार्वती थापालाई एआइजीमा बढुवा गर्न ठूलै लबिङ समेत भएको थियो ।

अन्य पाँच जना एआएइजीसँगै प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले चुनाव आउनुभन्दा ५ दिन अघि अवकाश पाउँदै हुनुहुन्छ । महानिरीक्षक रानाको विदाइ पछि नयाँ प्रहरी प्रमुखले निर्वाचन हाँक्ने जिम्मेवारी पाउने छन् ।

एआइजीहरुमा नवराज ढकाल, भीष्म प्रसाइँ, गंगा पाण्डे, दिनकर समशेर र पुष्कल रेग्मीले २७ गते अबकास पाउँदै हुनुहुन्छ । उहाँहरुको म्याद थप नगरिएको अवस्थामा कात्तिक २९ पछिका प्रहरी प्रमुखका एकमात्र दाबेदार अर्याल रहनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment