
८ चैत,काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला अस्वस्थ भएपछि धुम्बाराहीस्थित हृयाम्स अस्पतालमा भर्ना भएका छन् ।
अचानक स्वास्थयमा समस्या देखिएपछि शुक्रवार साँझदेखि उनलाई हृयाम्सको आईसीयूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
सिटौलाको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव भएकाले आईसीयूमा भर्ना गरिएको स्रोतले जनाएको छ ।
उनको उपचारमा डा.अर्जुन कार्की, राजु पंगेनी, भुपेन्द्र बस्नेत, सबिन कोइराला लगायतको टिम संलग्न छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4