+

नेपाल-भारत फाइनल खेलको टिकट दर बढाइयो, नाराबाजीपछि काउन्टर बन्द

२०७५ चैत  ८ गते ११:४२ २०७५ चैत ८ गते ११:४२
नेपाल-भारत फाइनल खेलको टिकट दर बढाइयो, नाराबाजीपछि काउन्टर बन्द

८ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेलको टिकट दर बढाएपछि समर्थकले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका छन् ।

विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट काउन्टर बन्द गराएका हुन् ।

११ बजेदेखि खुल्ला गर्ने भनिएको टिकट काउन्टर अहिले बन्द छ । सुरुमा भीआईपी तर्फ तीन सय र साधारणतर्फ दुई सय रुपैयाँ टिकट दर तोकिएको थियो । त्यसको जानकारी दिन राति माइकिङसमेत गरिएको थियो ।

तर शुक्रबार बिहान टिकट काट्न जाँदा बढाएर शुल्क ५ सय रुपैयाँ तोकिएको भन्दै समर्थकले विरोधमा नाराबाजी गरेका हुन् ।

विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय