+

भारतविरुद्ध सावित्राको कीर्तिमानी गोल

२०७५ चैत  ८ गते १५:५८ २०७५ चैत ८ गते १५:५८
भारतविरुद्ध सावित्राको कीर्तिमानी गोल

८ चैत, विराटनगर । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा सावित्रा भण्डारीको गोलसँगै नेपालले भारतसँग १–१ को बराबरी गरेको छ । जुन गोलले सावित्रा नेपाली महिला फुटबलको इतिहासमै उच्च गोलकर्ताको दोस्रो स्थानमा पुगेकी छिन् ।

२२ वर्षकी सावित्राको राष्ट्रिय टिमका लागि २७ खेलबाट यो २६ औं गोल हो । उनले २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानसँगको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । नेपालका लागि सावित्राभन्दा अघि अनु लामाले २८ खेलमा ३५ गोल गरेकी छिन् ।

साथै सावित्रा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेकी छिन् । उनले अहिलेसम्म चार गोल गरेकी छिन् । यस्तै भारतकी इन्दुमतिले पनि प्रतियोगितामा चार गोल गरिसकेकी छिन् ।

२६ मिनेटमा भारतकी डालिमा छिपरले फ्री किकमार्फत गोल गर्दै बनाएको अग्रता ३३ औं मिनेटमा हेडिङ गोलमार्फत सावित्राले बराबरी गरेकी हुन् । पहिलो हाफसम्म खेल १–१ गोलको बराबरी रहेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय