+

महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द

२०८२ वैशाख  २६ गते १०:३८ २०८२ वैशाख २६ गते १०:३८
महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द

२६ वैशाख, काठमाडौं । थाइल्याण्डमा शुक्रबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँडेको छ ।

नेपाल र हङकङबीच बैंककस्थित टेक्नोलोजी ग्राउण्डमा विहान सवा ८ बजेदेखि सुरु हुने तय भएपनि खराब मौसमसँगै भिजेको मैदानका कारण टस नै नभइकन खेल रद्द भएको हो ।

गएराति भएको वर्षाका कारण वेट आउटफिल्ड रहेको थियो र टस पनि समयमा हुन सकेको थिएन । वर्षाकै पनि पुर्वानुमान रहेको अवस्थामा मैदान पनि तयार नभएपछि खेल रद्द भयो ।

नेपालले दोस्रो खेलमा भोलि शनिबार बहराइनसँग खेल्ने छ । उक्त खेल तेरथाइ क्रिकेट मैदानमा हुनेछ । आजै भएको पहिलो खेलमा थाइल्याण्डले कुवेतलाई हराएको छ ।

९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिएको छ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।

लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय