+

सुरक्षाको कारण देखाउँदै पञ्चाब र दिल्लीबीचको खेल बीचमै रोकियो

२०८२ वैशाख  २५ गते २२:१८ २०८२ वैशाख २५ गते २२:१८
सुरक्षाको कारण देखाउँदै पञ्चाब र दिल्लीबीचको खेल बीचमै रोकियो

२५ वैशाख, काठमाडौं । पाकिस्तानले भारतमा आक्रमण गरेको खबरसँगै सुरक्षाका कारण देखाउँदै आईपीएलको आजको खेल बीचमै रोकिएको छ ।

हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल चल्दै गर्दा फ्लडलाइट निभेपछि प्राविधिक कारण देखाइएको थयो । तर सोही समयमा पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा आक्रमण गरेको खबरले आतंक पैदा गरेको थियो ।

पञ्जाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा खेल रोकिएको हो ।

सुरक्षाको कारण देखाउँदै मैदान खाली गर्न भनिएको छ । आधिकारिक रूपमै जानकारी आउन भने बाँकी छ ।

त्यस क्षेत्रमा पावर आउटेजका कारण मैदानका तिनवटा फ्लडलाइट निभेका थिए । यो पाकिस्तानी आक्रमणका कारण ‘ब्ल्याकआउट’ भएको बुझिएको छ ।

आधिकारिक जानकारीमा प्राविधिक समस्याका कारण पावर आउटेज भएको र त्यसका कारण फ्लडलाइट सुचारु हुन नसकेको भनिएको छ ।

बीसीसीआईले यस असहज परिस्थितिका लागि क्षमायाचना पनि गरेको छ ।

आईपीएल सुरक्षा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय