
२५ वैशाख, काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरमा ‘विस्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यस क्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् ।
अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मीरमा विस्फोट भएको सुनिए पनि विस्तृत विवरण आइनसकेको बताएका छन् । ‘अहिलेसम्म हामीसँग विस्तृत विवरण छैन, तर परिस्थितिलाई बुझ्ने प्रयास गरिरहेका छौं’ उनले भनेका छन्, ‘त्यहाँ अहिले ब्ल्याक आउट छ ।’
कम्मु कश्मीर प्रहरीका पूर्वमहानिर्देशक शेष पलले सामाजिक सञ्जाल एक्समा ठूलो विस्फोट भएको भन्दै बम आक्रमण वा मिसाइल आक्रमणको शंका गरिएको बताएको छ ।
भारत वा पाकिस्तान दुवैतर्फ यसबारे विस्तृत विवरण आएको छैन ।
पहलगाममा एक नेपाली र २६ भारतीय नागरिक मारिएको आतंकवादी हमलाको जवाफ भन्दै भारतले दुई दिनअघि पाकिस्तानको ९ स्थानमा हवाई कारबाही गरेको थियो ।
पाकिस्तानी प्रधानमन्त्रीले त्यसको जवाफ दिइने भन्दै त्यसको सम्पूर्ण अधिकार पाकिस्तानी सेनालाई दिएका थिए ।
प्रतिक्रिया 4