+

लिग २ : यूएईले स्कटल्याण्डलाई हराउँदा नेपालसँग अंक बराबरी

२०८२ वैशाख  २५ गते २२:३३ २०८२ वैशाख २५ गते २२:३३
लिग २ : यूएईले स्कटल्याण्डलाई हराउँदा नेपालसँग अंक बराबरी

२५ वैशाख, काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटमा बिहीबार यूएईले स्कटल्याण्डमाथि फराकिलो जित दर्ता गरेको छ ।

यूएईले स्कटिश टिमलाई ९७ रनले हराउँदै लिग २ मा तेस्रो जित निकालेको हो । यूएईले दिएको २९७ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.३ ओभरमा १९९ रनमा अलआउट भयो ।

यस जितपछि १४ खेलबाट ६ अंक जोडेको यूएई र नेपालको अंक बराबरी भएको हो । नेपालको १२ खेलमा ६ अंक छ र नेटरनरेटमा अगाडि छ ।

नेपालले आउँदो जुनमा स्कटल्याण्डमा गएर चार खेल खेल्ने तय छ ।

यस लिग २ साइकलमा सबै टोली ३६ खेल खेल्छन् । एकदिवसीय विश्वकप छनोटको आधार पनि रहेको यस लिग एकदिवसीय मान्यता कायमै राख्न र विश्वकप छनोटमा पुग्न महत्वपूर्ण हुन्छ ।

*यसअघि नेटरनरेटमा नेपाल अगाडि हुनुपर्नेमा सच्याइएको छ

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय