Comments Add Comment

जब ज्वाई भन्दा ससुरा तन्नेरी देखिए

कुरा अनिल कपूर र आनन्द आहुजाको हो । आनन्द अभिनेत्री सोनम कपूरका श्रीमान् हुन् । सोनम कपूर अनिलको छोरी । यसर्थ आनन्द अनिलका साख्खै ज्वाई ।

यसरी उनीहरुको साइनो केलाउनुको अर्थ के भने अनिल कपूर र उनका ज्वाई आनन्द आहुजाले एकसाथ खिचेको तस्वीर अहिले भाइरल भएको छ । यो तस्वीर आनन्दले शेयर गरेका हुन् । त्यसपछि उही तस्वीर फेरि अनिल कपूरले पनि साझेदार गरेका छन्, इन्टाग्राममा ।

तस्वीरले के दर्शाउँछ भने, छोरी ज्वाई आनन्द भन्दा अनिल कपूर तन्नेरी । आखिर अनिल कपूरले कसरी यस्तो रुप र जवानी पाएका छन्, जो कहिल्यै फिका हुँदैन ?

जबकी अनिल कपूरको उमेर ६२ बर्ष पार गरिसकेको छ । यद्यपी उनी अझैपनि उत्तिकै युवा र उर्जावान देखिन्छन्, जति उनी वैशालु उमेरमा देखिन्थे । उनको सदवहार जवानी देखेर धेरैमा उत्सुकता जाग्ने गरेको छ कि, आखिर अनिल कसरी यत्ति युवा देखिन्छन् ? के उनी कहिल्यै बुढो हुँदैनन् ?

आफ्ना ज्वाईसँग साझेदार गरेको तस्वीर देखेपछि पनि उनका फ्यानहरुले प्रश्न गरेका छन्, आखिर ज्वाई को हुन् ?

अर्थात अनिल पो ज्वाई जस्तै देखिए त !

अनिल कपूरले उक्त तस्वीरमा क्याप्सन पनि बहुत घतलाग्दो राखेका छन्, ‘ब्वाईज डे आउट, कलिङ माइसेल्फ वान अफ द ब्वाईज ।’ क्याप्सन छोटो छ । तर यो छोटो क्याप्सनमा अनिल कपूरले स्वयम्लाई कम उमेरका केटासँग आफुलाई दाँज्दैछन् । यही त अनिल कपूरको झकास स्टाइल हो, जसमा सबै मोहित हुन्छन् । त्यसैगरी आनन्दले पनि यस तस्वीर शेयर गर्दै एक लामो नोट लेखेका छन् ।

के कस्ता प्रतिक्रिया आयो ?

अनिल र आनन्दको यो तस्वीरमा ज्वाई आनन्द अलि पाको झै लाग्छ । यस्तो लाग्नुमा उनको दाह्री केही फुलेकोले पनि हुनसक्छ । त्यसैगरी आनन्द भन्दा अनिल बढी युवा जस्ता देखिन्छन् । सुकिला मुकिला पनि ।

त्यसैले उक्त तस्वीर हेरेपछि कतिपयले टिप्पणी गरेका छन्, यी दुईमा को ज्वाई हुन् ? अर्कोले लेखेका छन्, ‘अनिल पो आनन्दको कान्छो भाई जस्तै देखिन्छ ।’

यी प्रतिक्रियाहरुले के देखाउँछ भने अनिल अझै युवा अवस्थामै छन् । उनी उमेर ६० नाघिसकेपनि उनको वैंश गइसकेको छैन ।

हुनपनि अनिल आफ्नो फिटनेसका लागि निकै सचेत छन् । उनको खानपान, दिनचर्या पनि सन्तुलित छ ।

अनिल कपूर कसरी सदवहार युवा ?

अनिल कपूर त्यसै सदवहार युवा भएका होइनन् । यसका लागि उनले प्रशस्तै मेहनत गरेका छन् । आफुलाई संयम राखेका छन् । यदि त्यसो नहुँदो हो त उनी यतिबेला बुढ्यौलीतर्फ ढल्किसकेको देखिनुपर्ने हो । यद्यपी उनको अनुहारमा कतिपनि बुढ्यौलीका संकेतहरु देखिदैनन् । किन त ?

किनभने उनको खानपान, दिनचर्या, चिन्तन यस्तो छ, जसले उनलाई सधै जवान, उर्जावान राख्छ । अनिल यो उमेरमा पनि पूर्ण स्वस्थ्य र तन्दुरुस्त छन् । उनलाई कुनैपनि शारीरिक समस्या छैन ।

अनिलको दिनचर्या

अनिल कपूरको उठ्ने तालिका नियमित छ । अनिल कपूर राती ११ बजे सुत्छन् । उनी रातीका पार्टीहरुमा सहभागी हुँदैनन् । बिहान ५ बजे उठ्छन् । उठ्नासाथ खाली पेट एक बोत्तल पानी पिउँछन् । त्यसको केही क्षण पछि उनी साईकिलिङ ताथ जंगिग गर्न निस्किन्छन् ।

अनिलको खानपान

अनिल कपूर दिनमा ५-६ पटकसम्म खाना खान्छन् । जसमा दाल, सागसब्जी, ओट्स, माछा, मासु, ब्रोकाउली तथा प्रोटिन शेक समावेश छन् ।

उनी विहानको नास्तामा केरा खाने गर्छ, केराले शरीरमा कार्बोहाइड्रेट, पोटाशियम तथा आइरन प्राप्त हुन्छ । उनी नास्तामा अण्डाका साथ अनाज र फलफूल सेवन गर्छन् । स्याण्डविचको साथमा बन्दा खान रुचाउँछन् ।

दिनभरमा उनी पाँच/छ पटकसम्म दुई दुई घण्टाको अन्तरालमा केही न केही सेवन गरिरहेकै हुन्छन् । साथै, आफूले कति क्यालोरी लिएको छ, त्यसको पनि ध्यान राख्छन् ।

उनलाई स्ट्रबेरी तथा एप्पल जूस मनपर्छ । उमालेको बन्दा र सलादलाई विभिन्न प्रकारका सससँग खान मनपर्छ ।

दिउँसोका खानामा ब्राउन राईसका साथमा दाल खान रुचाउँछन् । साथमा करिब ४० ग्राम प्रोटिन शेक खान्छन् । कहिलेकाही प्रोटिन सेकको साथमा अंकुरित अनाज लिन्छन् ।

साँझमा उनी छिटै डिनर गर्छन् । जसमा उनी दुई सय ५० ग्राम चिकन र फिश  खान्छन् ।

अनिल कपूर चिनीबाट बनेका परिकार तथा जंकफुड भने सेवन गर्दैनन् ।

दुई घण्टा व्यायाम

अनिल कपुर दैनिक दुईदेखि तीन घण्टा २० मिनेट कार्डियो गरेपछि उनी पि|m वेट, पुसअप, क्रंचेज, चेयर स्क्वाट जस्ता वर्कआउट गर्छन् । उनको वर्कआउटमा साइकिलिंग पनि पर्छ । विहान उठ्ने वित्तिकै उनी कि त साईकिलिङ गर्छन् कि त जंगिग गर्छन् । उनले योगालाई पनि आˆनो जीवनमा प्रमुख स्थानमा राखेका छन् ।

मस्त निद्रा

कम निद्राका कारण मानिसहरु प्राय तनावमा रहने गर्छन् । जबकी अनिल कपूर भने  निद्राको कमी नहोस् भन्नकै लागि दिनभर बेस्सरी मेहेनत गर्छ । र, रातमा आरामले सुत्छन् । उनी प्राकृतिमा धेरै विश्वास गर्छन् । उनी भन्छन्, आˆनो कपाल र छालालाई स्वस्थ राख्ने सबैभन्दा राम्रो तरीका भनेको व्यायाम गर्नु र सन्तुलित आहार लिनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment