+
+
Shares

रुपन्देहीबाट चितवन फर्किए लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही अदालतमा कागजी प्रक्रिया पूरा गरेर चितवन फर्किएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १९:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही अदालतमा कागजी प्रक्रिया पूरा गरेर चितवन फर्किएका छन्।

४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही अदालतमा कागजी प्रक्रिया पूरा गरेर चितवन फर्किएका छन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने आज साँझ रुपन्देही जिल्ला कारगारबाट छुटेलगत्तै चितवनतर्फ लागेको नेता गणेश पराजुलीले जानकारी दिए ।

काठमाडौंबाट भरतपुरसम्म हवाइमार्ग र त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे रुपन्देही पुगेका थिए ।

उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो । तर, उनी आफैँले जेल सरुवा मागेर ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो ।

बिगोबापतको ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?