+
+
Shares

भैरहवाको मौसम खुलेन, भरतपुरसम्म जहाजमा त्यसपछि गाडीमा रुपन्देही जाँदै रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमा गएर भैरहवासम्म भने गाडीमार्फत जाने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मौसम नखुलेपछि भैरहवाको सट्टा जहाजमार्फत भरतपुरसम्म गएर त्यहाँबाट गाडीमा जाने भएका छन्।
  • रास्वपाका नेता गणेश पराजुलीले बिहान ७:५५ बजे भैरहवाको लागि उडान पर्खिरहेका लामिछानेले योजना परिवर्तन गरेको जानकारी दिएका छन्।

४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमा गएर रुपन्देहीसम्म भने गाडीमार्फत जाने भएका छन् ।

बिहान ७:५५ बजेदेखि भैरहवाको लागि उडान पर्खिएका उनी मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा जाने रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए ।

बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।

उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । सोहीअनुसार रवि भैरहवा जाने तयारीमा लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?