+
+
Shares

काठमाडौँमै रोकिए रवि लामिछाने 

भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १२:४६

पुस ४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि अहिलेसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिकतर्फ) नै रोकिएका छन् । भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका हुन् ।

बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने आज अदालत उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका छन् ।

बिहान ७:५५ बजेको उडान भनिए पनि अहिलेसम्म उडान भएको छैन ।

उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

आदेश जारी गर्दै उनलाई विभिन्न शर्तहरू तोकिएको छ । ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् । लामिछाने नख्खु कारागारमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?