News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएको छ।
- उपसभापति डोलप्रसाद अर्यालले कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछानेले जिम्मेवारी सम्हाल्ने विज्ञप्ति जारी गर्नुभएको छ।
- लामिछानेलाई उच्चअदालतले धरौटीमा थुनामुक्त गर्न आदेश दिएपछि उनी सहकारी ठगी प्रकरणमा थुनामुक्त भएर रुपन्देही जानुभएको छ।
४ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने जानकारी गराएको छ ।
उपसभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन् ।
‘कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापति तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरा अवगत गराउँछौँ’ अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लामिछानेलाई बिहीबार उच्चअदालत तुलसीपुर बुटवल इजलासले धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएपछि रास्वपाले यस्तो जानकारी गराएको हो ।
लामिछाने सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा थिए । आज अदालती प्रक्रिया पूरा गर्नका लागि रुपन्देही जाँदैछन् ।
सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि लामिछानेको तत्कालीन सांसद पद पनि निलम्बनमा परेको थियो भने कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएका थिए ।

प्रतिक्रिया 4