Comments Add Comment

झलनाथ खनाल एक नम्बरको विश्वासघाती : प्रचण्ड

२२ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सर्लाहीको लालवन्दी पुगेर एमाले अध्यक्ष झलनाथ खनालको चर्को आलोचना गर्नुभएको छ ।मेची-महाकाली जागरण अभियानअन्तरगत सर्लाही क्षेत्र नम्बर १ अन्तरगत पर्ने लालबन्दीमा भएको सभामा प्रचण्डले खनाल संघीयता र मधेसविरोधी भएको बताउनुभयो ।

prachanda

खनाल एक नम्बरको विश्वासघाती भएको भन्दै प्रचण्डले भन्नुभयो-‘सबैभन्दा बढी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्ने एमालेका झलनाथ र केपी ओली हुन् ।’ आफू प्रधानमन्त्री हुँदा तत्कालीन सेनापति रुक्माङ्गत कटवाललाई कारवाही गर्न सहमति जनाएका खनालले पछि धोका दिएर राष्ट्रपतिसमक्ष विन्तीपत्र हालेको बताउनुभयो ।प्रचण्डले सर्लाहीमा पुगेर आफ्नो आलोचना गरिरहँदा सर्लाही १ बाट उम्मेदवारी दिएका खनाल भने घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । एमाओवादीले स्थानीयस्तरमा लोकपि्रय रहेका शम्भु श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने तराई मधेस सद्भावना पार्टीबाट रामचन्द्र कुशवाह उम्मेदवार हुनुहुन्छ ।

सर्लाही क्षेत्र नम्बर १ मा ५१ हजार २ सय ७८ मतदाता रहेका छन् । पूर्व पश्चिम राजमार्गको आसपासका बस्तीहरु रहेको यो क्षेत्रमा पहाडबाट बसाइँ सरेर गएकाहरुको बाहुल्यता छ । मधेस मतदातामाझ कुशवाह हावी हुनुहुन्छ भने तमलोपाका गोपाल पञ्जियार थारुले थारुलगायतका समुदायको मतलाई आधार बनाउनुभएको छ ।

कांग्रेसबाट एमाओवादी प्रवेश गरेर उम्मेदवार बनेका श्रेष्ठ स्थानीय स्तरमा लोकप्रिय भएकाले खनालले जित हात पार्न सजिलो छैन । अघिल्लोपटक जितेका एमालेका प्रकाश पाखि्रनले क्षेत्रमा सिन्कोसमेत नभाँचेको भन्दै धेरै मतदाता एमालेप्रति सन्तुष्ट छैन । यस्तोमा केन्द्रीय अध्यक्ष खनाललाई जिताए विकास निर्माण लगायतका काम बढी हुने अपेक्षामा खनालप्रति केही आकर्षण छ । तर, माओवादीले खनालविरुद्ध फालेको मधेसविरोधीको कार्डलाई मधेसवादी दललाई आकषिर्त गरे खनाललाई हराउन शम्भुलाई गाह्रो नपर्ने एकथरिको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment