Comments Add Comment

श्रीलंकाले नेपाललाई रोक्न सक्दैन : हरि खड्का

५ चैत्र, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपलाले भोलि बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

विराटनगरको शहीद रंगशालामा विहान ११ बजे नेपालले पहिलो सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दा दोस्रो सेमिफाइनल भोलि नै बंगलादेशले भारतको सामना गर्नेछ ।

सेमिफाइनलको अघिल्लो दिन नेपाली टोलीका प्रशिक्षक हरि खड्काले आफ्नो टिमलाई साफ च्याम्पियन बन्न कुनै टिमले रोक्न नसक्ने दाबी गरे । आफ्नै भूमि र दर्शकको साथको भरपुर फाइदा उठाउने भन्दै ‘तयारी सकियो । हामी शारीरिक र मानसिक रुपमा तयार छौं ।’

नेपाललाई प्रतियोगिताकै बलियो टिम मापिनएको छ । समूह ‘ए’ को विजेता बनेर अघिल्लो चरणमा पुगेको नेपालले गोल खाएको छैन । उद्घाटन खेलमा भुटानमाथि ३–० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई पनि ३–० नै हरायो ।

आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २–० ले हराएको श्रीलंकाले भने दोस्रो खेलमा भने भारतसँग ५ गोल खायो । यसर्थमा पनि श्रीलंकाभन्दा नेपाली टिमको मनोबल उच्च छ ।

भोलि श्रीलंकाले रक्षात्मक खेल खेल्ने अनुमान छ । श्रीलंकाको रक्षात्मक रणनीति असफल बनाउँदै नेपाली टोलीले गोल गर्ने प्रशिक्षक हरि खड्काको दाबी छ । ‘श्रीलंकाले रक्षात्मक खेल खेल्नेछ । त्यसमा पनि गोल गर्ने राम्रो तयारी गरेका छौं’ उनले भने ।

नेपालको तुलानामा कमजोर देखिएको श्रीलंकाले २०१६ मा भारतमा सम्पन्न साफ महिला च्याम्पियनसिपपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । यो पटक पनि राम्रो तयारी गर्न नपाएको श्रीलंकाली प्रशिक्षक रोहान थिलक अलपोन्सुले बताएका छन् । उनले भने ‘चार महिनाको तयारीले गरेर आएका हौं ।’

उनका अनुसार श्रंलीकाले नेपाललाई बराबरीमा रोक्ने र पेनाल्टीमा पराजित गर्ने रणनीति बनाएको छ । विशेषगरी सावित्रा भण्डारी र निरु थापालाई रोक्ने उसको रणनीति छ ।

प्रशिक्षक रोहानले भने, ‘हामीले नेपालविरुद्ध विशेष तरिकाको रणनीति तयार पारेका छौं । नेपालका केही खेलाडी उत्कृष्ट छन्, त्यसमध्ये सावित्रा र निरुलाई रोक्ने लक्ष्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment